SKIP THIS

IK Anniversary
IME Life

बीमा कम्पनीहरुको शाखाको बिजोग छ अवस्था

SPIL
NIC ASIA

बीमा कम्पनीहरुले सञ्चालन गरेका शाखा कार्यलयहरु बिजोग अवस्थामा छन् । कम्पनीहरुले आफुखुशी शाखा कार्यलय खोल्ने र आवश्यक भौतिक पूर्वाधारको व्यवस्था नगर्ने हुँदा कार्यलयको अवस्था दयनिय भएको हो ।
बीमा समितिको हालको व्यवस्था अनुसार कम्पनीहरुले आफुले अध्ययन गरेको आधारमा शाखा कार्यलय खोल्न पाउँछन् । कम्पनीले अध्ययन गरेर समितिमा निवेदन दिएपछि समितिले सञ्चालन अनुमति प्रदान गर्छ । तर, शाखा कार्यलयको भौतिक पूर्वाधारको बिषयमा कुनै पनि नीति नियम नहुँदा कम्पनीहरुले जथाभावी शाखा सञ्चालन गरेको बीमकहरु नै बताउँछन् ।

Prabhu
Crest

एक बीमा कम्पनीका कर्मचारी अनुसार प्रतिस्पर्धाको लागी एउटा कम्पनीले शाखा खोलेको ठाउँमा अर्को कम्पनीले पनि शाखा खोल्छ । तर, कार्यलयमा न्यूनत्तम भौतिक पूर्वाधार समेत नहुने गरेको उनले बताए । यहाँसम्मकी कतिपय कार्यलय कर्मचारी नभएर अभिकर्ताले नै चलाउँने गरेको उनले बताए ।

कम्पनीले  मानिसको सुरक्षाको बिषयमा कुरा गर्छन् । तर, कम्पनीको कार्यलयको अवस्थामा देखेर विमितहरुले विश्वास गर्न कठिन हुने गरेको कर्मचारीहरु बताउँछन् । ‘कार्यलय कुनै पनि समान छैनन, न त दैनिक कर्मचारी बसेर कार्यलय खोल्छन् । अनि विमितले कसरी विश्वास गर्छन् त,’ उनले भने ।

अर्थमन्त्रालये संसदमा प्रस्तुत गरेको नयाँ विद्येयकमा पनि समितिको पूर्व स्वीकृति लिएर बिमा कम्पनीले स्वदेशमा तथा विदेशमा पनि कार्यलय खोल्ने सक्ने व्यवस्था गरेको छ । बीमा समितिको तथ्यांक अनुसार ३६ वटा कम्पनीको १ हजार ९ सय ४७ शाखा स्थापना भएका छन् । नयाँ कम्पनीहरु थपिएसँगै शाखा कार्यलयहरु पनि थपिने तयारीमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS