IME Life

अझै ९७ स्थानीय तह बैंक विहीन, संसदमा ४ वटा ऐन पेश , अन्य ऐन पनि पेश हुदै।

SPIL
NIC ASIA

काठमाडौं: अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले हालसम्म ६ सय ५६ स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको जानकारी दिए । अझै  पनि ९७ स्थानीय तहमा वाणिज्य बैंक पुगेको छैन ।

कतिपय स्थानीय तहहरुमा भौगोलिक विकटताका कारण न्युनतम पूर्वाधार समेत नरहेको भन्दै अर्थमन्त्री खतिवडाले शाखा भौतिक रुपमा बैंक पुर्‍याउन नसकेको खण्डमा अभौतिक रुपमा बैंकको उपस्थिति देखाएर सेवा दिइने जानकारी गराए ।

Prabhu
Crest

संसदमा ४ वटा ऐन पेश , अन्य ऐन पनि पेश हुदै
अर्थमन्त्रालयसँग सम्बन्धित ४ वटा विधयेक संसदमा छलफलको क्रममा छ भने थप अन्य ऐनको मस्यौदा बनाउने काम भइरहेको अर्थमन्त्री खतिवडाले बताए ।

लगानी बोर्डलाई सशक्त बनाउन तथा लगानीमा सहजता ल्याउन लगानी सम्बन्धी ऐन, नागरिक लगानी कोष सम्बन्धी ऐन, विदेशी विनिमय सम्बन्धी ऐन तथा सार्वजनिक संस्थानहरुको छाता ऐनको मस्यौदा तयार भइरहेको छ ।

लगानी प्रणालीमा सहयोग पुर्‍याउन ऐनको मस्यौदा तयार भइरहेको भन्दै एकद्वार प्रणालीबाट लगानी भित्राइने उनले बताए । अर्थमन्त्री खतिडाले निर्यात अनुदानसम्बन्धी विधेयक पनि चाडै संसदमा लगिने जानकारी दिए । उनले राष्ट्रिय परिचय पत्रको सम्पूर्ण काम एक वर्षभित्रमा सकिने समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS