नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर १२५८को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा हरीयाली

नेप्से परिसूचक साताकोे तेस्रो दिन २ दशमलव ४१ अङ्कले बढेर १२५८दशमलव ८१ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४६करोड ६९ लाख पुगेको छ ।

सबैभन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज होटल क्षेत्रको परिसूचक सबैभन्दा धेरै १ दशमलव३७ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा धेरै हाईडोपावर क्षेत्रमा वृद्धि भएको छ । हाईडोपावर क्षेत्रको परिसूचक ३ दशमलव ०३ प्रतिशतले वृद्धि भएको छ । बैकिङ , फाईनान्स र होटल क्षेत्रको परिसूचक बाहेक अन्यको परिसूचकमा हरीयालीपन छाएको छ ।

सबै भन्दा धेरै नेको इन्स्योरेन्सको शेयर ३ करोड ३९ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे अरुण काबेलीे पावरको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे हाथवे फाईनान्सको शेयरमा ४ दशमलव ८३ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक १दशमलव २२ प्रतीशतले बढेर छ ,भने ६ हजार १सय ३१ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ३४ प्रतीशतले घटेर ५ हजार ७ सय ६० को विन्दुमा पुगेको छ ।


दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ११ करोड २७ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ४ करोड २० लाख बराबरको कारोबार भएको छ ।
साताको त्रेस्रो दिन जीवन र निर्जीवन बीमामा हरीयालीपन छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार