IME Life

इन्स्योरेन्स शिक्षा: च्याउखेती बीमालेख बारे जानकारी

SPIL
NIC ASIA


इन्स्योरेन्स शिक्षा: नेपाल एक कृषि प्रधान मुलुक हो । पछिल्लो समयमा नेपालमा च्याउ खेती गर्ने किसानहरुको संख्या पनि बढ्दो रहेको छ । तर पनि किसानहरुमा पर्याप्त मात्रमा यसको ज्ञानको अभाव रहेको पाईन्छ । वैदेशिक रोजगारबाट फर्किएका युवाहरु व्यवसायिक रुपमा नै च्याउ खेतीमा लागेका छन् ।

नेपालमा व्यवसायीक रुपमा च्याउ खेती बढ्न थालेपछि बीमा समितिले च्याउ खेती बीमा योजना पनि जारी गरेको छ । च्याउ खेतीमा कुनै पनि हानी नोक्सानी भएमा यो बीमालेखले सुरक्षण प्रदान गर्छ । तर कृषकहरु भने यस बीमा बारे अनभिज्ञ छन् । यदि तपाई च्याउ खेती गर्ने सोचमा हुनुन्छ वा गर्दै हुनुन्छ र च्याउ खेती बीमालेखका बारेमा जान्नु आवश्यक छ ।

Prabhu
Crest

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
च्याउ बीमा योजनाले सबै अवस्थामा रक्षावरण गर्दैन । च्याउको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

रक्षावरण नगर्ने अवश्थाहरु
च्याउ बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, च्याउ खेती धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट च्याउको क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा च्याउ खेती नष्ट गर्नु पर्ने भएमा, च्याउ चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको च्याउको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । च्याउ धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङक गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । यस्ता अवश्थाहरुमा बीमा कम्पनीले च्याउ खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।

सर्तहरु
च्याउमा कुनै रोग किरा वा दुवै लागेमा च्याउ धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ । बीमकले चाहेको जुनसुकै समयमा च्याउखेती परीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई च्याउ खेतीको परीक्षण गर्न दिनु पर्नेछ । च्याउ धनीले च्याउ खेतीको क्षति वा हानि नोक्सानि भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्दछ । त्यस्तो जानकारी प्राप्त २४ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानि नोक्सानिको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म च्याउ खेती धनीले क्षति वा हानि नोक्सानिको स्थानलाई यथा अवश्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनिकरण गनै चालिएको कदमलाई यस प्रावधानले बाधा पुर्याउने छैन् ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको च्याउको हानि नोक्सानी भएमा सोको १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ । दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्ज्मिन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ । बीमा दाबी भुक्तानि गर्दा बिमाङक कायम गर्दा लिईएको मूल्यमा नै गणना गरी दाबी भुक्तानि गर्नुपर्दछ । बीकमले एक बीमा अवधि भित्र जति पटक हानि नोक्सानि भएता पनि बीमाङक रकम भन्दा बढी भुक्तानि गर्ने छैन् ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS