नेप्से परिसूचक ०.१३ अंकले घटेर १२५६ को विन्दुमा, आज निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली

Citizen Life Insurance Co

नेप्से परिसूचक साताकोे दोस्रो दिन ० दशमलव १३ अङ्कले घटेर १२५६ दशमलव ४० अङ्कमा बन्द भएको छ । कारोबार रकम ६८ करोड ७६ लाख पुगेको छ ।सबैभन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज होटल क्षेत्रका परिसूचक सबैभन्दा धेरै ० दशमलव ९९ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा धेरै निर्जिवन बीमा कम्पनीमा वृद्धि भएको छ । निर्जीवन कम्पनीको परिसूचक ३दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ ।निजीर्वन बीमाका साथै टेडिङ क्षेत्र, उत्पादनमूलक क्षेत्र, माईक्रोफाईनान्स र जीवन बीमाको क्षेत्रको परीसूचकमा वृद्धि आएको छ ।
सबै भन्दा धेरैै गोलबल आईएमी बैंकको प्रमोटर सेयरकोे ९ करोड २६ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे भार्गव विकास बैंकको सेयरमा ९ दशमलव ४२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे एक्सेल डेभलेपमेन्ट बैकको शेयर ४ दशमलव २९ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ३ दशमलव ४८ प्रतीशतले बढेर छ ,भने ६ हजार ५७ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव १३ प्रतीशतले बढेर ५ हजार ७ सय ४० को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ८ करोड ९८ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ३करोड ३लाख बराबरको कारोबार भएको छ ।
साताको दोस्रो दिन निर्जिवन र जीवन बीमाको क्षेत्रमा हरीयालीपन छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार