IME Life

नेपालको बीमा बजार विस्तार हुँदै छ बीमा बिज्ञ डा. फत्तबहादुर केसी

SPIL
Sanima Reliance

काठमाडौँको तीनकुनेमा स्कुल अफ म्याथम्याटिकल साईन्स र स्कुल अफ विजनेसको संयुक्त आयोजनामा एक कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रममा बीमा बिज्ञ डा. फत्तबहादुर केसीले नेपालको बीमा बजार विस्तार भएको बताएका छन् । शैक्षिक तहहरुमा केही रुपमा पठनपाठन भएको छ, तर पनि बीमा बजारमा पूर्ण रुपमा विकास भई नसकेको अवश्था रहेको उनले बताए । विश्वविधालयमा मात्र नभई तल्लो स्तरमा पनि केही मात्रामा पाठ्यक्रम समावेश गर्दै बीमा शिक्षा विस्तार गरी स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने कुरामा उले जोड दिए ।

नेपालमा बीमा व्यवसायको ७१ वर्षको पुरानो इतिहास रहेता पनि बीमा व्यवसायको व्यापक विकास हुन सकेको छैन् । यति लामो ईतिहास बोकेको बीमा व्यवसायमा दक्ष जनशक्तिको अभाव रहको छ । बीमा शिक्षाका लागि नेपालका विश्वविधालयहरुमा बीमा बारे अध्यापन गराउने दक्ष जनशक्तिको अभाव रहेको तितो यथार्थ पोखरा विश्वबिद्यालय, स्कुल अफ बिजनेस का प्राध्यापक डा. रबिन्द्र घिमिरेले बताए ।

Crest
Meta Holidays

बीमा एक प्राविधिक विषय भएर पनि होला बुझे जस्तो लाग्छ तर बुझ्न चाहि गाह्ै हुन्छ बीमा क्षेत्रमा उच्च शिक्षा हासिल गरेको जनशक्तिको धेरै खाँचो रहेको छ यसका साथमा बीमा शिक्षा प्रदायक विधालयहरुको पनि कमै रहेको छ, त्रिभुवन विश्वबिद्यलयकी शिक्षाध्यक्ष एवम प्राध्यापक सुधा त्रीपाठिले वताईन ।
हाल नेपालमा ३९ वटा बीमा कम्पनीहरुको विकास भई सकेको छ । तर पनि यी कम्पनीहरुमा एक्चुरी गर्ने जनशक्तिको अभाव रहेको छ । यस्तो अवश्थामा भारतीय जनशक्तिलाई मासिक ठुलो रकम रुपैयाँको पारिश्रमिक दिएर काम लगाउनु परेको छ ।
बीमा सम्बन्धी उच्चशिक्षा लिएका जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले दुई बर्षदेखि एक्चुरल साईन्सको अध्यापन शुरु गर्दै आएको छ ।
बीमा शिक्षा सम्बन्धि एउटा छुट्टै पाठ्यक्रम र संकाय निमार्णमा योगदान पुर्याउने हेतुका साथमा ६ दिने कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । नेपालको बीमा बजार साथै बीमा शिक्षामा पनि केहि सुधार आउने आशा यस कार्यक्रम आयोजकले लिएको छ । बीमा विज्ञहरु, प्राध्यापकहरु, विधार्थीहरु, बीमा कम्पनीका कर्मचारीहरु र बीमा सगँ सम्बन्धित सरोकारवालाहरु बीच प्रशिक्षण कार्यक्रम रहेको छ । यस कार्यक्रमा नेपाल तथा भारतका बीमा विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x