IME Life

लुम्बिनी विकास बैंकको १०औँ साधारणसभा सम्पन्न, ६ जना सञ्चालक समितिमा भित्रिए

SPIL
NIC ASIA

काठमाडौं: लुम्बिनी विकास बैंक लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७३/२०७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ ।

सभाले आगामी कार्यकालको लागि सर्वसाधारण र सस्थापक समूहमा गरी जम्मा ६ जना सञ्चालकलाई नियुक्त गरेको छ । बैंकको सर्वसाधारणतर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, संस्थापक समूहको तर्फबाट सुशीलराज पराजुली, चिन्तामणी भट्राई र डा. रुप ज्योति सञ्चालकमा चयन भएका छन् ।

Prabhu
Crest

गत असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । सोही अवधिमा बैंकले २२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन तथा १८ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । त्यस्तै, बैंक ४० करोड १७ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ ।

हाल बैंकले ६५ शाखा तथा १२ एटीएम मार्फत विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS