IME Life

मोबाईल एप रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता

SPIL
NIC ASIA

चाडपर्वलाई लक्षित गर्दे मोबाइल एप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता ’योजना ल्याएको छ । जस अन्तर्गत रिचार्ज र एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफुसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ ।

रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले –ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्ने छन् । रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु नपर्ने बताएका छन् ।

Prabhu
Crest

पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले कतिपय अवस्थामा आफुले अर्डर गरे अनुसारको समान पाउन सकिरहेका छैनन् भने पाएको सामान पनि अनलाइनमा देखाइए अनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाई छ ।

रिचार्जरबाट सामान अर्डर गर्ने ग्राहकले सामान पाएपछि नगद तथा कार्ड स्वाप गरेर रकम भुक्तानी गर्न सक्छन् । रिचार्जरका प्रबन्धक श्रेष्ठका अनुसार सामान डेलिभरीका क्रममा कार्डबाट रकम भुक्तानी गर्ने सेवाका लागि पोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । यसरी सामान हातमा परे पछि मन परेको खण्डमा मात्र नगद वा कार्डबाट रकमभुक्तानीगर्दा सेवाग्राहीलाई सहजहुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकमभुक्तानीगर्दा कुनै अतिरिक्तशुल्कनलाग्ने रिचार्जरले प्रष्ट पारेको छ ।

साथै रिचार्जर एपको माध्यमबाट दशँैका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास व्याक पनि पाइने छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमाप्रयोग गर्न सकिन्छ ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ बैंकिंगका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ । त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायत सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिने व्यवस्था गरीएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS