IME Life

नयाँ कम्पनी हो भन्दैमा बीमीतको आँखामा छारो हाल्ने पोलिसी बनाएका छैनौ– एसके तमोट

SPIL
NIC ASIA

जनरल इन्स्योरेन्स कम्पनीका जनरल म्यानेजर एसके तमोट विगत लामोसमय देखी ईन्स्योरेन्सको क्षेत्रमा काम गर्दै आईरहनु भएको छ । उनले जीवन र निर्जीवन बीमामा काम गरेको अनुभव बटुली सकेका छन् । नेशनल इन्स्योरेन्सबाट बीमा क्षेत्रमा प्रवेश गरेका तमोटले हिमालयन जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, सिदार्थ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स हुँदै अहिले जनरल इन्स्योरेन्समा कार्यरत छन् । तीन महिना अघि जनरल इन्स्योरेन्समा नियुक्त भएका तमोटले कम्पनीकोे शाखा विस्तारलाई जोड दिएका छन् । उनले उपत्यका भित्र र बाहिर गरी छ महिना भित्र ४५ वटा शाखा विस्तार गर्न लक्ष्य राखेका छन् । उनै तमोटसँग इन्स्योरेन्स खबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार ः

एसके तमोट- जनरल म्यानेजर, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपालमा पहिले नै १७ वटा निर्जीवन बिमा कम्पनी छन् । यसैबिच सञ्चालनमा आएको यो कम्पनीले बजारमा आफुलाई स्थापित गराउँन कस्तो रणनीति अपनाएको छ ?

Prabhu
Crest

हामीले नयाँ कम्पनी भन्ने बित्तिकै नयाँ पोलिसी ल्याएर मात्र राम्रो हुने भन्नै पक्कै पनी हैन । हामीले परम्परागत र पूरानै पोलिसीलाई नै प्रयोग गरीरहेका छौ । पूरानै पोलिसीलाई कम्पनीमा लिएर कसरी बीमीत समक्ष पुग्न सक्छौ भन्ने कुरामा बढी जोड दिईरहेका छौ । कुनै पनी नयाँ कम्पनीहरुले स्थापना भएसँगै पूरानै कम्पनीको पोलिसीहरु नै लिएका हुन्छन् । हामीहरुले पनी त्यही पद्धती नै अपनाईरहेको छौ । बीमीतलाई कसरी बीमामा आकर्षण गर्न भन्ने कुरामा बढी ध्यान दिईरहेको छौ । हामीहरुले एउटा त बैकास्योरेन्सलाई अगाडी बढाएका छौ भने, अर्को तर्फ हामी जनरल मासमा गएर बीमीतलाई बीमाको बारेमा जनचेतनामूलक जानकारी दिएर आकर्षण गर्न जस्ता रणनिती लिएर हामी अघि बढीरहेका छौ । कम्पनी स्थापना भएको तिन महिना पूरा भईसकेको छ । हामी बजार अनुुसार कम्पनीलार्ई विस्तार गर्दै लाने योजनामा छौ ।

हालको निर्जिवन बीमा व्यवसायको अवस्था कस्तो छ ? तीनवटा कम्पनीहरु थपिएका छन् यसले निर्जिवन बीमाको क्षेत्रलाई कस्तो असर गर्छ वा फाईदा ।
यसको बजार निकै राम्रो छ । भर्खरै मात्र म पश्चिम नेपालमा गएर आएको छु त्यहाँ पनी मैले राम्रो प्रतिक्रिया पाएको छु । अन्य क्षेत्रमा पनी यसको बजार राम्रो नै देखीन्छ । निर्जिवन बीमाको क्षेत्रमा ३ वटा नँया कम्पनीहरु प्रवेश भएका छन् । यसले पक्कै पनी निर्जीवन बीमाको बजार विस्तारको लागि सहयोग गर्दछ । यसमा हामीले अझै नयाँ बजार खोज्छौ । यसले अझै बीमीतमा पुग्न सहज हुने र यसले बीमाको बजारलाई बढाउन सहयोग गर्दछ ।हामीले पूरानो कम्पनीहरुको व्यवसायमा आँच पुग्ने काम चाही पक्कै पनी गर्दैनौ । बजार राम्रो भएको हुनाले यसमा पूराना कम्पनीलाई खासै गदैन ।

हामीले पूरानो कम्पनीहरुको व्यवसायमा आँच पुग्ने काम चाही पक्कै पनी गर्दैनौ । बजार राम्रो भएको हुनाले यसमा पूराना कम्पनीलाई खासै गदैन ।

सेवाग्राहीलाई अरु कम्पनी भन्दा फरक सेवा सुविधा के दिदै हुनुहुन्छ ?
हामीले पूरानै पोलिसीलाई नै प्राथमिकता दिएका छौ । नयाँ कम्पनी भयो भन्दैमा हामीले बीमीतको आँखामा छारो हाल्ने पोलिसी बनाएका छैनौ ।हामीले पूरानै पोलिसीहरु मार्फत कसरी बीमीतलाई आकर्षण गर्न सक्छौ भन्ने विषयमा ध्यान दिईरहेका छौ । त्यसैले अरु कम्पनी भन्दा खासै परीर्वतन भने छैन ।

हामीले पूरानै पोलिसीहरु मार्फत कसरी बीमीतलाई आकर्षण गर्न सक्छौ भन्ने विषयमा ध्यान दिईरहेका छौ । त्यसैले अरु कम्पनी भन्दा खासै परीर्वतन भने छैन ।

जति कम्पनी खोलिए पनि सबै शहर केन्द्रित हुने गरेको आलोचना छ । तपाईहरु गाउँ जानको लागी कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
हामीले कम्पनी स्थापना गरेको ३ महिना भईसकेको छ र हामीले बजारमा कम्पनी विस्तार गर्दौ अघि बढ्दै छौ । बिशेष गरी निर्जीवन बीमा कम्पनीहरु सहरका लागि नै उपयुक्त हुन्छन् । हामी बुटबल, बनेपा, नारायणघाटमा चाडौ नै कृषि बीमा गराउने क्रममा छौ । तर, कृषिको आधारमा हेर्न हो भने ग्रामीण क्षेत्रमा राम्रो हुने देखीन्छ । हाल हामी कृषिको क्षेत्रमा पनी विस्तारै अघि बढ्ने सोचमा रहेका छौ शाखा विस्तारमा हामी उपत्यका बाहिर पनी जाने प्रयासमा छौ । यो छ महिना भित्रको अवधीको समयसम्म ४५ वटा शाखा विस्तार गर्न हामीले लक्ष्य राखेका छौ । त्यस पश्चात हामी पनी ग्रामीण क्षेत्रसग नजिक भएर काम गर्न छौ ।

तपाई लामो समय देखी बिमा क्षेत्रमा हुनुुहुन्छ । बिमा कम्पनीहरुले अझै पनि समयमा दाबी भुक्तानी गर्दैनन् भन्ने गुनासो छ । तथ्याकले पनि त्यहि देखाउँछ ? यसको कारण के होला ?
मैले बीमा क्षेत्रमा निकै समय बिताईसकेको छु । म नेशनल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सिदार्थ इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्समा आवद्ध भईसकेको छु । यो समस्या त पहिलादेखी नै हो । हालको समस्या मात्र हैन । पूरानो दाबी भुक्तानी पनी बाँकी रहेको छ । त्यसैले पनी बढी देखीएको हो की भन्ने हो । तर पनि दाबी भुक्तानी भएको कागजात कम्पनीमा बुझाउनु पर्यो । आवश्यक कागजातको पेश पछी कम्पनीले दाबी भुक्तानी दिई हाल्छ ।

तपाईको बिचारमा अब आउँने विद्येयक कस्तो हुनुपर्छ ?
बीमीतलाई फाईदा हुने कुरा बीमा विधेयकमा ल्याउनु परेको छ । बीमीतलाई पहिला दोस्रो कम्पनीलाई र राज्यलाई फाईदा हुने विधेयक ल्याउनु पर्छ र ठूला –ठूला किसीमको घाटा भयो भने सरकारले पनी अनुदान दिनुपर्छ । कम्पनीले भुक्तानी गर्छ नपुगेको अवस्थामा सरकारले पनी सहयोग गनुपर्छ । यसमा बीमा पहँुचको विषयमा पनी विधेयकमा राख्दा राम्रो हुन्छ । बीमा बजारलाई कुन रुपबाट अघि बढाउन सकिन्छ र तालिमहरु आयोजना गर्दा स्थानियलाई कसरी लक्षित गर्न सकिन्छ, तालिमलाई कसरी फलदायी बनाउन सकिन्छ भन्ने कुरा पनी विधेयकमा राख्दा राम्रो हुन्छ । मोटर बिमामा नक्कली पोलिसी नै जारी भएको देखियो । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? तेस्रो पक्ष बीमामा चाहि आएको छ भन्ने सुनेको थिए । हामी आफै नै त्यही नै कम्प्युटर लगेर रसीद दिने व्यवस्था गरीरहेका छौ । यस कुरामा बीमीत पनी आफै सचेत हुुनुपर्छ । मोटर बीमा गर्न बीमकले गरेको नक्कली रसीद तिरेको बिल लिनबाट आफै बच्नु पर्ने बताएका छन् ।

नेपालमा बीमाको दायरा बढाउँन सरकारले के गर्नुपर्छ ?
बीमा समिती मार्फत सेमिनार, गोष्ठि, स्थानिय तहमा गएर भेला गर्नुका साथै जनचेतनामूलक तालिम दिने व्यवस्था गनुपर्दछ । उक्त कार्यक्रम गर्न लागिएको स्थानको बारेमा पूर्व जानकारी एवं स्थानियलाई कसरी बढी मात्रामा पँहुच पु¥याउन सकिन्छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । बिद्यालय तहदेखी नै बीमालाई कोर्समा समावेश गरीदा बीमा क्षेत्रको ज्ञानमा वृद्धि हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्ने जरुरी देखीन्छ ।

बीमाको पहुँच निकै न्यून मात्रामा भएको हुँदा यसका साथै बीमा विस्तारका लागि बीमा समितीले वा कम्पनीको सँयुक्त प्रयास गरेर बीमा पँहुचका लागि प्रचार प्रसारका लागि काम गर्नुपर्छ । कम्पनीको तर्फ बिमा चेतना बढाउँन तपाईहरुले के गर्ने योजना बनाउँनु भएको छ ? हालको दिनमा हामीले खासै योजना बनाएका छैनौ । तर हाम्रो भावी योजनामा भने विमाको पँहुच बढाउनु नै रहेको छ । यसमा हामीले विभिन्न संचार माध्यमको प्रयोगको प्रयोगबाट र मासमा गएर जनचेतना बढाउने हाम्रो भावी योजना रहेको छ । साथै कम्पनी भित्रका कर्मचारीहरुलाई पनी हामीले बीमा तालिम दिईरहेका छौ ।

कम्पनीको आगामी योजना के छ ?
कम्पनीको आगामी योजनामा हामीले बीमा साक्षरता बढाउने यसका साथै सातै प्रदेशमा कम्पनीको शाखा विस्तार गरेर कम्पनीको व्यवसाय बढाउन र कृषि क्षेत्रमा पनी हामी अघि बढ्ने तयारीमा रहेका छौ । नेपालको आधा भन्दा बढी जनशक्ति कृषिमा निर्भर रहेको छ । यसमा पक्कै पनी बजार राम्रो भएको हुँदा यसलाई पनी विस्तृत रुपमा अघि बढाउने कम्पनीको योजना रहेको छ ।

तपाईको विचारमा बीमा किन गर्ने ?
सारा नेपालीहरु आफनो सम्पतीको सुरक्षा गर्न बीमा आवश्यक छ र यो सबैले गनुपर्छ । भविष्यमा आउने अनिश्चितता जोखीमलाई निश्चित गर्नु नै बीमा हो । बीमा फाईदा हैन भोलीको दिनमा हुने जोखम न्यूनीकरणको एक पाटो हो भनेर बुझनु जरुरी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS