SKIP THIS

IK Anniversary
IME Life

गत आर्थिक बर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीले साढे दुई लाख बीमालेख जारी गरे (सूचि सहित),

SPIL
NIC ASIA

सूर्या, एशियन र मेटलाईफले लघुबीमालाई जोड दिए
गत आर्थिक बर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीहरुले साढे दुई लाख बीमालेख जारी गरेका छन् । कम्पनीहरुबाट प्राप्त तथ्यांक अनुसार असार मसान्तसम्ममा कम्पनीहरुले २ लाख २ हजार २९९ वट बीमा लेख जारी गरेका छन् ।

बीमालेख जारी गरेका पुराना कम्पनीहरुमध्ये सूर्या लाईफ इन्स्योरेन्स गत आवमा छर्लाङ मारेको छ । कम्पनीले उक्त अवधिमा ४५ हजार ५४३ वटा बीमालेख जारी गरेको छ । यो संख्या अन्य कम्पनीहरुको तुलनामा सबैभन्दा धेरै हो । त्यस्तै, मेट लाईफले ४१ हजार ९ सय ६२ वटा बीमालेख जारी गरेको छ । एशियन लाईफले भने ३६ हजार ४८६ बीमालेख जारी गरेको छ ।

Prabhu
Crest

उक्त कम्पनीहरुले गत आवमा लघुबीमा योजना बढाएका छन् । फलस्वरुप कम्पनीहरुले जारी बीमालेख संख्या पनि बढी देखिएको हो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २३ हजार ६ सय २७ वटा बीमालेख जारी गरेको छ । नेपाल लाईफले २१ हजार २ सय ९१ बीमालेख जारी गरेको छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशनले २० हजा १ सय २८ वटा बीमालेख जारी गरेका छन् ।
गुराश लाईफ र प्राईम लाईफले भने सामान्य व्यवसाय गरेका छन् । गुराश लाईफले ४ हजार २ सय २३ र प्राईम लाईफले ९ हजार ३९ वटा बीमालेख जारी गरेका छन् ।

नयाँ कम्पनीहरुले भने गत आवमा ५२ हजार ५१० बीमालेख जारी गरेका छन् । प्राप्त तथ्यांकका अनुसार नयाँ कम्पनीहरुमध्ये रिलायबल लाईफले धेरै बीमालेख जारी गरेको देखिन्छ । गत आवमा रिलायवलले सबैभन्दा धेरै २० हजार ४१६ र आईएमई लाईफले १२ हजार ८६ वटा बीमालेख जारी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS