नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण

चापागाईले भने व्यवसाय र शाखा विस्तारमा जोड दिनुस
काठमाडौं । बीमा कम्पनीका कर्मचारीलाई संस्थागत सुशासनमा रहेर काम गर्न बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले आग्रह गरेका छन् । सुशासनमा रहेर काम गर्दा कम्पनीलाई नै फाईदा हुने बताउँदै यसमा सजग रहन समेत उनले कर्मचारीलाई आग्रह गरेका हुन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले कार्यलय स्थानान्तरण गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा समितिका अध्यक्ष चापागाईले नेपाल इन्स्योरेन्स तुलनात्मक रुपमा पछी परेको बताउँदै व्यवसायमा जोड दिन सक्ने कम्पनी अगाडी बढ्न सक्ने बताए । यसका लागी कम्पनीले शाखाहरु विस्तार गर्नुपर्ने उनले बताए ।
हाल कम्पनीको ३३ वटा शाखा कार्यालयहरु र २४ वटा बीमा सेवा काउन्टरहरु सञ्चालनमा छ् । केन्द्रिय कार्यालयबाट बीमाका सम्पूर्ण सेवाहरु नयाँ प्रविधिहरुको प्रयोगबाट छिटो छरितो ढंगले हुने कम्पनीले बताएको छ । कम्पनीले पुरानो भवन भत्काएर नयाँ भवन बनाउने क्रममा कमलादीस्थित हामा कम्प्लेक्समा केन्द्रीय कार्यलय स्थान्तरण गरेको छ । नेपाल इन्स्योरेन्स नेपालको पहिलो इन्स्योेरेन्स कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार