लुम्बिनी जनरल इन्स्योरेन्सको नयाँ शाखा बौद्ध र कलंकीमा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले ३८ औं र ३९ औं शाखा काठमाडौंको बौद्ध र कलंकीमा खोलेको छ । नयां शाखाहरुको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले समुद्घाटन गरेका हुन् ।

शाखा विस्तार सँगै कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरेको छ । उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइल बाटै फेयर अन्डरराईटिङ, स्मार्ट क्लेम सर्भिस को सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।
हालै मात्र संयुक्त अधिराज्यमा रहेको युनाईटेड रजिष्टर अफ सिस्टम बाट गरिएको बिस्तृत लेखापरीक्षण पश्चात यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईएसओ स्टान्र्डड सर्टिफिकेट, ९००१ : २०१५ प्रदान गरिएको कम्पनीको प्रेस विज्ञप्तीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार