Prabhu Life Ad Final

नेप्से १४.१३ अंकले बढेर १२४४ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

IME PAY
IME Life

नेप्से परिसूचक साताको पाचौँ दिन १४ दशमलव १३ अङ्कले बढेर १२४४ दशमलव ८४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ७२ करोड ९८ लाख पुगेको छ ।
सबै भन्दा धेरै निर्जीवन बीमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ७ प्रतिशतले घटेको छ । निर्जीवन बीमा, माइृक्राफाईनान्स, जीवन बीमा क्षेत्रको उपसुचक बाहेक अन्य क्षेत्रको उपसुचकमा वृद्धि आएको छ ।

सबै भन्दा धेरै अन्य क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । अन्य क्षेत्रको परिसुचकमा ३ दशमलव ०३ प्रतिशतले वृद्धि भएको हो ।सबै भन्दा धेरै एनएमबि बैंकको ५ करोड ९४ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नेपाल सेवा लघुवित्तीय संस्था लिमिटेडको सेयरमा ९ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ४ दशमलव ५४ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ७ प्रतिशतले घटेको छ भने ५ हजार ८ सय ३३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ ।

यसै गरी जीवनबीमा कम्पनीको उपसूचक ० दशमलव २ प्रतिशतले घटेर ५ हजार ५ सय ७२ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ६३ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS