IME Life

नेपालमै पहिलो पटक नेपाल इन्स्योरेन्सले सुरु गर्यो-‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’

SPIL
NIC ASIA

नेपालमै पहिलो पटक साइबर जोखिमको जोखिम न्युनिकरण गर्ने ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ सुरु भएको छ । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले नेपालमा पहिलो पटक ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ को सुरुवात गरेको हो। सो साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिले जनाएको छ ।

केहि समय अगाडी एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने, बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए ।

नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले साइबर क्राइम सम्बन्धी बीमा पोलिसी नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएको जानकारी दिए । अहिले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग त्यसबारे छलफल गरिरहेको शाहले जानकारी दिए। अहिले सम्म नेपालका बैंक तथा वित्तिय संस्थाहरुले ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ लिएका छैनन् ।
साइबर क्राइम जोखिमको बीमा गर्न भारतीय कम्पनीहरुले नेपाली बैंकहरुलाई प्रस्ताव गरेको तर नेपालको बीमा नीतिसँग मेल नखाएपछि भारतीय बीमा कम्पनीहरुको प्रस्ताव बैंकहरुले स्वीकार गर्न सकेका थिएनन । अब नेपाल इन्स्योरेन्सले नेपालमा पहिलो पटक सुरु गरेको ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ बाट नेपाली बैंक तथा वित्तिय संस्थाहरुले जोखिम कम गर्न सक्ने देखिन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS