IME Life

के तपाई लोकसेवा परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? त्यसो भए पढ्नुस्, १० टिप्स

SPIL
Sanima Reliance

जुनसुकै परिक्षा किन नहोस्, परिक्षा भन्ने वितिकै अधिकांसलाई तनाव हुन्छ । तर नपढेर भन्दापनि पढ्न नजानेर अनुतिर्ण हुनेहरु धेरै छन् । यसो त धेरैलाई पढ्ने तरिकापनि थाहा छैन ।

परिक्षाको तयारी गर्दै हुनुहुन्छ भने आफ्नो पढाईको वातावरणलाई राम्रो बनाउन आवश्यक छ । सहि समयमा पढ्नु निकै आवश्यक त छ नै, पढ्ने क्रममा अरु धेरै कुराहरुलाई ध्यान दिन समेत जरुरी छ ।

Crest
Meta Holidays

हेर्नुहोस् हामीले विभिन्न शिक्षक तथा मनोबैज्ञानिकहरुको सल्लाहमा तयार गरेको सहि तरिकाले पढ्ने १० टिप्स

१) आफू पढ्न बस्ने कोठा उज्यालो र सफा राख्नुहोस्।

२) लगातार नपढ्नुहोस् । कम्तिमा आधा एक घण्टामा फ्रेस हुनुहोस् । जसको लागि तपाई आफूलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ । यसबाहेक हल्का हावामा हिँडडुल गर्दापनि हुन्छ।

३) नियमित नुहानुहोस् । यसले तपाईंको स्वास्थ्यलाई निकै राम्रो गर्छ र ज्यानलाइ तन्दुरुस्त राख्छ।

४) पानी प्रसस्त पिउनुहोस् । पढ्ने क्रममा तपाईंको शरिरमा भएको धेरै शक्ति नाश हुने हुनालेपनि पानी प्रशस्त पिउनुपर्छ।

५) अध्ययन गर्ने कोठामा टेलिभिजन नराख्नुहोस् । तर ताजा जानकारी तथा समाचारको लागि रेडियो टेलिभीजन हेर्नुहोस् । विशेषगरी लोकसेवाको तयारी गरिरहेकालाई यो टिप्स काम लाग्छ।

६) बेलाबेलामा पढेका कुराबारे साथीहरुसँग छलफल गर्नुहोस्।

७) पिरो खानेकुरा सकभर नखानुस् । किनकी गहिरो अध्ययनका बेलामा शरिरको तपक्रम बृद्दि हुन्छ र झन पिरोले दिमाग छिटो थाक्छ।

८) मिति सम्झंदा क्रम मिलाएर संझनुहोस् । अथवा उक्त मितिको बारेमा प्रसस्त जानकारी र त्यो जानकारिको बारेमा छलफल गर्नुहोस्।

९) पढ्नु र सम्झनु दुइ अलग कुराहरु हुन् । त्यसैले पढेको कुरालाइ सम्झन वा ताजा राख्न ‘रिभिजन’ गर्नुहोस्।

१०) जे पढ्दैहुनुहुन्छ त्यसलाई सक्याउने उदेश्यका साथ पढ्नुहोस् । आफुले पढ्नुपर्ने सबै विषयलाई उतिनै माया गर्नुहोस्।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x