स्वदेशी लघुवित्तको शेयर मूल्य समायोजन

स्वदेशी लघुवित्तको वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद पछिको शेयरमा मूल्य समायोजन भएको छ ।  हकप्रदपछि स्वदेशीको समायोजित मूल्य ८०१ रुपैयाँ ५० पैसा कायम भएको छ । सोमबार स्वदेशीको शेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ५०३ रुपैयाँ २५ पैसा छ ।

संस्थाले शेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दै छ । सो प्रयोजनको लागि भदौ २५ गते(अर्थात आज) संस्थाको बुक क्लोज भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार