IME Life

बीमा क्षेत्रको पहुँच वृद्धिका लागि बीमा समितिले चाल्यो यस्ता कदमहरु

SPIL
NIC ASIA
बीमा विज्ञ भोजराज शर्मा

बीमा क्षेत्रको सुरुवात लामो समय देखि भएको भएता पनि बीमाको क्षेत्रमा जति विकास हुनु पर्ने हो, त्यो भने भएको पाँईदैन । बीमाको क्षेत्रमा १० प्रतीशत मानिसहरुलाई मात्र यसमा समावेश गर्न सकिएको छ ।बीमा बजार बिस्तारै अघि बढ्दै गईरहेको छ । टेनिङ इन्टिच्यूटको स्थापनाले पनी बीमा बजारलाई केही उपल्बधी मिल्ने हो कि भनेर बीमा कम्पनीहरुको धारणा रहेका छ पक्कै पनी बीमा बजार जुन रुपमा बिस्तार हुन लागेको छ त्यसको लागि यसमा दक्ष जनशक्तिको पनि उत्तिकै मात्रामा खाँचो रहेको हुन्छ ।

पूरानै बीमा कम्पनीहरुमा दक्ष जनशक्तिको अभाव रहेको बेलामा नँया कम्पनीहरुमा दक्ष जनशक्तिको परिपूर्ती गनुपर्ने कुरामा समस्या नै रहेका पाईन्छ । हालै संचालनमा ल्याएको इन्टिच्यूटले पनि बीमा बजारको लागि भने पक्कै पनी पूर्ण रुपमा सहयोग गर्छ । यस अघि कम्पनीहरुले बीमाको तालिम लिनको लागि भारत वा अन्य देशहरुमा पनीे पठाउनुपर्ने बाध्यता पनी रहेको थियो । जुन समस्यालाई हाल भने दक्ष जनशक्ति नेपालमै उत्पादन गर्र्ने इन्टिच्यूटले मुख्य भूमिका निर्वाह गर्दछ ।

Prabhu
Crest

बीमा क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि बीमा सम्बन्धि जनचेतनाको वृद्धि गर्नु पर्ने जरुरी देखिन्छ । बीमाको पूर्ण ज्ञान छर्नका लागि वा बीमा के हो ?, यो किन र के का लागि र यसको महत्व के त जस्ता कुराहरु बुझाउनका लागि बुझाउने माध्यम जबसम्म खडा हुदैन तबसम्म यसप्रती सर्वसाधरणलाई बीमाको बारेमा बुझाउन ग्राहौ हुन्छ । व्यवसाय सञ्चालन गर्नका लागिे जनचेतना गर्न माध्यम नै बलियो नहँुदा यसमा समस्या आईरहेको छ । यस्ता समस्या र दक्ष जनशक्ति उत्पादनका लागि बीमा क्षेत्रलाई विकसित, व्यवस्थित, नियमित तथा नियन्त्रित गर्ने बीमा समितिले केहि नयाँ कदमहरु चालेको छ । बीमाको पहुँच बढाउनको लागि बीमा शिक्षा के हो ? यो बुझाउनु आजको एक आवश्यकता रहेको तथ्यलाई मध्यनजर गर्दै बीमा समितिले यस्ता कदमहरु चालेको हो ।

बीमा एक प्राविधिक विषय भएकाले यो बुझाउनका लागि पनि निकै गाहे त हुन्छ नै , बीमामा दु्रत गतिमा विकास गर्नका लागि जनचेतना जगाउनु पर्छ र यसका लागि पनि बीमा शिक्षाको लागि हाल निकै जरुरत छ । यसका लागि बीमाका ग्राहकहरु जति पनि रहेका छन्, उनीहरुमा बीमाले भविष्यमा पर्न सक्ने जोखिमहरुलाई बहन गर्ने एक उत्तम उपाय हो, त्यसैले यो गर्नु आवश्यक हुन्छ भन्ने जस्ता बीमाका बारेमा पूर्ण ज्ञान दिनु पर्ने हुन्छ । बीमाको दायरा बढाउनका लागि बीमाको जनचेतना बढाउने मानिसमा पनि राम्रो ज्ञानको जरुर पर्दछ । हालै बीमा समितीले बीमा क्षेत्रको पहँुच वृद्धिका लागि बीमा समितिले चालेको कदम बारेमा बीमा विज्ञ भोजराज शर्मासँग गरिएको कुराकानी:-

स्थानिय सरकारमा लक्षित
हालै बीमा समितिले स्थानिय सरकारमा पनि बीमाको पहुँच बढाउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । महानगरपालिका, गाउँपालिका, वडा, नगरमा गएर त्यँहाका प्रतिनिधि सगँ सम्नवयन गरि प्रतेक वडाका सबैलाई लक्षित गरि आमभेला जस्ता विभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । बीमा क्षेत्रकोे ज्ञान सबैमा छर्नका लागि बीमा समिति आफै यस्तो अभियानमा सक्रिय भएको हो । केहि आपत्तविपत्त परेको खण्डमा बीमकले यस तहका मानिसलाई एक किसिमको सरक्षा प्रदान गर्दछ । आज पनि कत्ति मानिसहरुमा चेतनाकै अभावको कारणले गर्दा बीमाको दायरा भन्दा धेरै पर रहनु पर्ने वाध्यता रहेको छ । यस्ता समस्या लाई भने अब यस्ता कार्यक्रमले केहि हद सम्म समाधान गर्ने आशा देखिएको छ ।

बीमा जनचेतनाको कार्यक्रम अब विधालयमा
बीमाको ज्ञान बढाउका लागि वा यसको दायरा सबैमा पुर्याउनका लागि सबैको घरदैलोमा पुग्न सम्भव हुदैन् । त्यसैले अबको पिँढीमा बीमाको चेतना वा यसको दायरालाई फराकिलो बनाउनका लागि विधालय तहबाटै लाग्नु पर्दछ । यदि यस तहमा गएर जनचेतना दिएमा बीमाको ज्ञानको दायरा धेरै हुन्छ । यसको साथमा अभिभावकहरु लाई पनि भेला गरेर जनचेतना दिदै आएको छ । सामुदायिक विधालयमा गएर त्यहाँका विधार्थीलाई बीमाको जनचेतना दिने कार्यक्रमहरु बीमा समितिले गर्दै आएको छ । यसै गरी बीमाको पहुँच अझै बढाउनका लागि पाठ्यक्रममा नै समेट्ने योजना समितीले बनाएको छ ।

तालिम प्रदान
बीमा समितिले बीमाको पहँुच बढाउनका लागि विभिन्न ठाँउमा गएर तालिम पनि दिदै आएको छ । तालिम एकिकृत गर्नका लागि बीमा समिति र सम्पूर्ण बीमा कम्पनीहरु मिलेर इन्स्योरेन्स इन्टीच्युट नेपाल को दर्ता प्रक्रियामा रहेको छ । दर्ताको प्रक्रियामा रहेता पनि ४ वटा तालिम भने सञ्चालन गरिसकेको छ । यस्तो तालिम प्रति उत्साहजनक सहभागिता पनि रहेको छ ।

बीमा शिक्षाका बारेमा सबैलाई ज्ञान हुनु पर्ने कुरालाई महसुस गर्दै बीमा समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आशा छ यस्ता कार्यक्रमले सम्पूर्ण मानिसहरु बीमाको पहँुच र बीमा शिक्षाको दायरामा आउने छन् । एउटा व्यक्तिलाई जति आधारभुत आवश्यकताको महत्व पर्दछ, त्यसै गरि बीमाको पनि महत्व र जरुरत पर्दछ । यो कुरा बुझाउनका लागि समितिले यस्ता खालका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

स्थानियलाई नै तालिम प्रदान गराई बीमाको प्रचार 
हामी चाह्न्छौ कि जुन क्षेत्रमा हामी तालिम दिन गराईरहेका हुन्छौ । उक्त, क्षेत्रको वातावरणको बारेमा हामीलाई पक्कै पनी ज्ञान हुनु जरुरी रहेको हुन्छ । उक्त, क्षेत्रको स्थिती, रहनसहन, वातावरणको बारेमा त हामीलाई भन्दा पनी त्यँहाको स्थानियलाई नै बढी मात्रामा जानकारी रहेको हुन्छ । त्यसैले उक्त क्षेत्रमा नै ,रहेको स्थानियलाई तालिम दिएर दक्ष बनाएर उक्त ठाँउमा बीमा प्रचार गर्दा अझ फलदायी पनी रह्ने हुदा हामी यसमा पनी लागीरहेका छौ । यसले बीमा बजारलाई अझ विस्तार गर्न सघाउ पुव्याउन सक्ने सम्भावना रहेको हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS