गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्दै

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ ।एनआईबिएल एस क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ ।

उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेको  छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेको छ भने ,सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपछी संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार