चौतारी लघुवित्तको ५ लाख ४० हजार कित्ता आइपीओ स्वीकृत

Citizen Life Insurance Co

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले पाँच करोड ४० लाख रुपैयाँको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । लघुवित्त कम्पनीले आईपिओ जारी गर्न भदौ २१ गते बिहिबार धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ बिक्री गर्नेछ । कम्पनीले जारी पुँजी १८ करोड रुपैयाँको ३०% सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।
हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार