एनएलजी इन्स्योरेन्सको पोलिसी मेगा बैंकबाट खरिद गर्न सकिने

काठमाडौं: एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा पोलिसी मेगा बैंक नेपाल लिमिटेड बाट खरिद गर्न सकिने भएको छ । दुइ संस्था बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका कायम मुकायम सीईओ सुनिल बल्लभ पन्त र र  मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनएलजी इन्स्योरेन्सको  निर्जीवन बीमा पोलिसी, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा  मेगा बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार