जनरल इन्स्योरेन्स र मेगा बैंकबिच बैंकास्योरेन्स सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र मेगा बैंक नेपाल लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैंक तथा इन्स्योरेन्स बीच बुधवार आयोजित एक कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवनबीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार