आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले ६ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले जारी पुँजीको ३०% आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति मागेको हो । यसको जारी पुँजी २० करोड रुपैयाँ रहेको छ । यसमध्ये १४ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।
नुवाकोटको मदनपुरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । गत आर्थिक वषको चौथो त्रैमाससम्ममा यो लघुवित्तले १ करोड १० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
आशा लघुवित्तको ६ करोड बराबरको आइपीओ आउँदै,
