नेशनल लाइफको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co


काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद शेयर खरिद गर्न आबेदन दिने म्याद आज बैंकिंग समयसम्म मात्र छ ।  इन्स्योरेन्सले  श्रावन १ गते  देखि बिक्रीमा ल्याएको थियो । यसअघि भदौ ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोमा त्यसलाई बढाएर भदौ १९ गतेसम्म पुर्याएको थियो ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यस अनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हुन आउने ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो  ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ भने हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार