ज्योति विकास बैंकको उच्च ब्यबस्थापनमा शुशिलकुमार शर्मा र रामहरि आचार्य नियुक्त

Citizen Life Insurance Co


काठमाडौं: राष्ट्रिय स्तरको ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुई जना नयाँ पदाधिकारीहरु थपिएका छन् । बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन् ।

नवनियुक्त शर्माको २३ वर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एसबिआइबैंकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । शर्मासँग शाखा प्रबन्धकदेखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभव रहेको छ ।

त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० वर्ष काम गरेको अनुभव रहेको छ ।  आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए ।

बैंकको उच्च व्यवस्थापनमा स्थापित बाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका व्यक्तिहरुको आगमनले ज्योति विकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने बैंकको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार