आरएसडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन आज देखि खुल्यो

Citizen Life Insurance Co

काठमाडौं: आरएसडिसी लघुवित्त बित्तिय संस्था लिमिटेडको हकप्रदको अवितरित २ लाख ९१ हजार ४९० कित्ता लिलामी सेयरमा आजबाट आवेदन खुला भएको छ । इच्छुकले भदौ २५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

लघुवित्तले लिलामीमा ल्याएको सेयरमध्ये २ लाख ६ हजार २२७ संस्थापक शेयर र ८५ हजार २६३ कित्ता सर्वसाधारण तर्फको शेयर रहेको छ । शेयर आवेदन दिदाँ सर्वसाधारणतर्फको लागि कम्तिमा १ सय कित्ता संस्थापकको १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

लिलामीको शेयरमा संस्थाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटका साथै ललितपुर, पोखरा, बुटवल, विरगन्ज, विराटनगर, नेपाल इन्भेष्टेमन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ, धनगढी र आरएसडिसीको बुटवल कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार