IME Life

आफन्तलाई कम्पनीमा जागिर नलगाउन अभिकर्ताको माग

SPIL
Sanima Reliance

काठमाडौं: बीमा प्राधिकरणका सञ्चालक तथा कर्मचारीको नातेदारलाई बीमा कम्पनीमा जागिर खान नपाउँने व्यवस्था गर्न बीमा अभिकर्ताले माग गरेका छन् । बीमा कम्पनीमा जागिर खाने कर्मचारीका आफन्तले कम्पनीमा काम भन्दा पनि बढी आराम गर्ने भएपछि अभिकर्ताले यस्तो माग गरेका हुन् । साथै आफन्तले जागिर खाएका कम्पनीको समितिले पारदर्शी रुपले अनुगमन गर्न नसकेको अभिकर्ताहरुले दाबी गरेका छन् ।

संसदमा प्रस्तुत भएको बीमा विद्येयकको दफा ५७ मा बीमकसँग वित्तिय स्वार्थ भएको व्यक्तिले कम्पनीमा जागिर खान नपाउँने व्यवस्था गरिएको छ । अभिकर्ताहरुले सोही दफामा प्राधिकरणका सञ्चालक र आफन्तले पनि जागिर खान नपाउँने व्यवस्था गर्न माग गरेका छन् ।

Crest
Meta Holidays

बीमा कम्पनी समितिका निर्देशक देखि ड्राईभरसम्मका आफन्तका भर्ती केन्द्र
अधिकांश कम्पनीमा बीमा समितिका कर्मचारीका आफन्तले भरिएका छन् । त्यसमा पनि नयाँ कम्पनी खोलिएपछि आफन्तलाई भर्ती गराउँने केन्द्र नै बनेको समितिका एक कर्मचारीले बताए । उनका अनुसार समितिका निर्देशक देखि लिएर ड्राईभरसम्मका आफन्त कम्पनीमा नियुक्त भएका छन् । उनीहरुले आफना श्रीमती, छोरा, छोरी, भाई, बहिनी देखि लिएर मित छोरा,छोरीलाई सम्म जागिर लगाउँन भ्याएको बताउँछन् ।

शिखर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्समा धेरै छन् समितिका कर्मचारीका आफन्त
निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी र जीबन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा समितिका कर्मचारीका नातेदार भर्ती भएको एक कम्पनीका कर्मचारीले बताए । उनका अनुसार त्यसैले यि कम्पनीको समितिमा राम्रो प्रभाव रहेको छ ।

यस्ता कर्मचारीले गर्लान् उचित अनुगमन ?
आफनै श्रीमती, छोरा, छोरीले जागिर खाएका कम्पनीमा अनुगमन गर्न गएका समितिका कर्मचारीले नियम संगत नियमन गर्लान् त भन्ने प्रश्न देखिन थालेको छ । कम्पनीमा नातेदार भएकै कारण कति कम्पनीले छुट पाउँने गरेको समिति स्रोतले बताएको छ । तसर्थ प्राधिकरणका सञ्चालक र कर्मचारीका आफन्तले कम्पनीमा जागिर खान रोक लगाउँने व्यवस्था ऐनमा नै गर्न अभिकर्ताले माग गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x