IME Life

महिला पनि सफल अभिकर्ताको रुपमा अघि बढ्दैछन्- संजिता भक्त राज

SPIL
NIC ASIA
संजिता भक्त राज, एजेन्सी म्यानेजर, एलआईसी नेपाल
बीमा अभिकर्ताको क्षेत्रमा बिगत १४ बर्ष देखी निरन्तर सफल रुपमा लागिरहेकी एक महिला जसले यसै क्षेत्रबाट नाम र दाम कमाउन सफल भएकी छिन् र अबका दिनमा पनि बीमा क्षेत्रलाई नै अघि बढाउने लक्ष्य लिएकी र आफूमात्र नभई अन्य महिलाहरुलाई पनि साथमा लिएर अघि बढ्ने उनको लक्ष्य रहेको छ । आज उनको जीवनमा भएका सर्घषलाई पार गर्दै सफल रुपमा चिनिएकी उनी आमाको माया भएको भए अझै लामो यात्रामा पुग्न सहज हुने बताउँछिन्।

संजिता भक्त राज एलआईसीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । यसका साथमा उनी चेयरम्यान क्लब र एमआरएसटि फाउण्डेसनमा पनि हाल आवद्ध छिन् । बीमा क्षेत्रमा आउनु नै धेरै कठिनाई पुर्ण कार्य हो । मान्छेलाई बीमा बुझाएर एउटा निश्चित अवधी को लागि करार बेच्ने कला हो । त्यो करार भनेकै बीमा प्लान हुन्छ त्यसैले आजको मान्छेहरुमा आज जे छ त्यसै मा रमाउछ्न र भोलि को लागि केही सोच्दैनन् । त्यस्ता व्यक्तीहरुलाई बीमा को महत्व बुझाएर र उहाँहरुको कमाइको १५,२०,२५ प्रतिशतसम्म बचत गर्नुस भन्दै ल्याउनु पक्कै सजिलो काम भने हैन । त्यसैले बीमा बेच्नु बिश्वमा नै बहुत चुनौती पुर्ण कार्य हो ,त्यसै कार्यमा निरन्तर लाग्नु उनको दिनचर्या भएको छ ।

उनी अभिकर्ताको को रूपमा सन् २००४ देखी हाल सम्म कार्यरत छिन् र हाल उनी एमडीआरटीको प्रतिस्पर्धामा विगत ९ वर्ष देखि लागिरहेकी छिन् । यसमा विश्वमा ६९ वटा देशहरूले यसमा भाग लिने गर्दछन् । यसको प्रमुख शाखा भनेको अमेरिकामा रहेको छ । आज उनको अन्डरमा १३० जना अभिकर्ताहरू कार्यरत छन् । म कसैलाई सेवा गर्छु भन्ने भावनामा यस क्षेत्रमा लागिरहेकोले संजिता आज सफल भएकी छिन् । कसैलाई कम्पनीको पोलिसि बेच्नु साधारण कुरा भने पक्कै पनि हैन ।

साधारण सपना बोकेर काठमाडौँ आएकी संजिताले  विगतका दिनमा आफू यस स्थानसम्म पुग्छु भन्ने सोच पनी बनाएकी थिईनन् । उनमा धैर्यता र लगनशीलता रहेको छ , र जुन सुकै अवस्थामा पनि काम गर्न सक्ने क्षमता रहेको छ । उनलाई आज पनि याद छ सर्वप्रथम पहिलो पटक अभिकर्ता बनिसकेपछी स्रमाट श्रेष्ठको बीमा गरेको, उक्त समयमा पनि पहिले पटक एउटा साधारण महिला भनेर आफूलाई चिनाउने संजिताको जीवनमा जति आज सफलताको पाइलाहरू अघि बढिरहेको छ । पछाडि फर्केर हेर्दा उनको सङ्घर्षको कथा पनी उत्तिकै मार्मिक रहेको छ । इलाममा बाल्यकाल बिताएकि संजिता आफ्नो काम प्रति निकै निरन्तर र धैर्यताका साथ लागेरनै उद्देश्यमा पुग्न सफल पनि भएकी छिन् । बाल्यकाल देखि  नै उनमा छोरी मान्छे भन्दा भिन्न प्रकारको व्यवहारहरू रहेको थियो । फुटबल, भलिबल, बास्केटबल जस्ता खेलकुदमा उनको रुचि बढिरहेको थियो । विवाहको कुरा गर्दा समय आएपछि आफै हुन्छ नि भनेर साधारण उत्तर दिन्छिन् ।

Prabhu
Crest

हाम्रो समाजमा सात महिनामा जन्मेका बच्चाहरू भाग्यमानी हुन्छन् भन्ने प्रचलन रहेको छ । उनको पनि सात महिनामै जन्म भएको थियो । उनलाई सबैले भाग्यमानिको नजरले हेर्ने गर्दथे । हुन त भाग्य भयो भन्दैमा डोकोमा दूध दोहेर त पक्कै पनि अड्दैन । त्यसैले उनले जहिले पनि मेहनत भने गर्न छोडिनन् ।

कक्षा पाँचमा अध्ययन गर्ने क्रममा इलाममा एक जना मन्दिरमा बस्ने महिलालाई बलात्कार गरेको प्रत्यक्ष दृष्य देखेकि उनले यस्ता हिंसाका लागि म भविष्यमा केहि गर्छु भन्ने भावना उनमा पलाएको थियो । यसका साथमा महिलालाई कमजोर ठान्ने समाजका लागि म केहि गरेर देखाउछु भन्ने एक किसिमको भावना मनभरि लिएर अगाडि बढि रहिन । आज १४ वर्ष पूरा भइसकेको छ उनी एलआइसी नेपालसँग आबद्ध भएको, पुराना दिनहरू लाई सम्झदै उनले भनिन म बीमा अभिकर्ता भएर काम गर्न सक्छु जस्तो लाग्थ्यो तर आज म सफल भएकी छु,उनले भनिन । उनले अभिकर्ता बन्नु पूर्व रोडियोग्राफरको रूपमा अस्पतालमा काम गर्थिन । उक्त समयमा एलआइसी नेपालका एमआर विजय कर्णले उनलाई अभिकर्ता बन्नका लागि प्रेरित गरेका थिए । त्यस पश्चात् उनी ३ दिनको तालिम पश्चात् हाल सम्म यस कार्यमा निरन्तर लागिरहेकी छिन् । निकै चुनौतीपूर्ण काम पनि मानिन्छ, यस पेशाालाई जसमा उनले पुरुषले मात्र हैन महिलाहरूले पनि उदारणीय रूपमा काम गर्न सक्छन् भन्ने कुरालाई स्पष्ट रूपमा देखाएकि छिन् । उनले भनिन आज मैले इन्स्योरेन्सको क्षेत्रमा नै नाम र दाम दुवै कमाएको छु र म आफ्नो कामप्रति निकै खुसी पनि छु ।

हामी आजको लागि हैन भोलि आउने जोखिमबाट कसरी बच्ने भन्ने कुरामा बीमीतलाई जानकारी गराउँछौ । यो पक्कै पनि फाइदा हैन तर जोखिम न्यूनीकरण गर्ने एउटा पाटो हो जसमा हामी बीमितलाई जानकारी दिन्छौ, यो पक्कै पनि सेवा नै हो । नेपालको जनसंख्या अनुसार एक, दुईवटा इन्स्योरेन्स कम्पनी भए पुग्ने स्थिति छ भने यहाँ १८, १९ वटा कम्पनीहरूको निकै प्रतीस्पर्धा पनि रहेको छ । उनको विचारमा मैले कसैको बीमा गराएको मान्छेले सकुशल रूपमा उसले म्याचुरेटी चेक उसको हातमा दिँदा म निकै खुसी हुन्छु ।

उनले विभिन्न देशहरूको भम्रण पनि गरिसकेकी छिन् । केही दिन अगाडी उनको अफिसको मित्रले उनलाई तपाइ बाहिरी देशहरूमा गइरहनु हुन्छ । तर किन त्यस क्षेत्रमा चै बस्ने केही योजना बनाउनु भएको छैन भन्दा उनको जवाफ रहेको थियो की म नेपालको बीमा  क्षेत्रमा नै केही गर्न चाहन्छु र वैदेशिक भम्रण त मेरो लागि केवल एक रम्ने बाहाना मात्र हो ,भन्ने जवाफ दिने बताइन  । सायद नेपाली भएको नाताले पनी जो कोहीलाई पनि आफ्नोै मातृभूमिको औधीमाया रहेको हुन्छ । कुनै कम्पनीको पोलिसि बेच्नु भनेको बीमकलाई सेवा दिनु हो । यो काम निकै चुनौती पूर्ण पनि रहेको छ ।

मैले जे सोचेको  हुन्छु त्यो  पुर्याएर नै छाडेको छु उनले भनिन्। त्यसैले एलआईसि नेपालले राखेका हरेक स्किममा सफलता पाए कै छु त्यो मेरो प्रमुख कार्य भित्र पर्छ ,जीवनमा आफुले आफै लाई सिकाउने हो यहाँ कुनै मान्छे यस्ता छैन जो जन्मदै सबै जानेका हामी भन्ने गर्छौ अनुभव बाढे बढेर जान्छ उनी महिलाहरुलाई यस क्षेत्रमा आउनको लागि प्रेरित पनि गरिरहेकी छिन् ।

उनी भन्छिन् आज मसँग सबै चिजहरू रहेको छ। यस क्षेत्रमा लागेर घर,जग्गा किनेर गाडी चढेर हिँडेको छु । तर यही समयमा आमा पनि सँगै रहनु भएको भए हुन्थ्यो भन्ने कुराले मलाई निकै दुखी तुल्याउँछ । यो कुरामा चाहिँ मलाई अपुरो र अधुरो लागिरहन्छ ।

आजको आवश्यकता भन्दाभोलिको आवश्यकता महत्वपुर्ण हुने हुँदा हामी हाम्रा शुभेच्छुकहरुलाई बीमाको सहि परिभाषा बुझाएर ल्याएको बीमाबाट अरु धेरै बीमा दिन सक्छौ, त्यसैले हामी सबै यो कार्य गर्न सक्छौ, मैले चिनेको मान्छे तपाईंले नचिन्न पनि सक्नु हुन्छ, तपाईले चिनेको मान्छे मैले नचिन्न पनि सक्छु, त्यसैले तपाईंले चिनेको मान्छे तपाईंसंग बीमा प्लान लिदा अवश्य खुशी हुने साथै बिश्वशनियता हुने हुँदा यो बजार खुल्ला छ र जो कोहि पनि यो पेशामा आबद्द हुन सक्छन उनले भनिन् ।

-इन्स्योरेन्स खबरकर्मी रिना खत्रीले संजिता भक्त राजसँग गरिएको कुराकानीमा आधारित

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS