प्रभु इन्स्योरेन्सको बीमा पोलिसी माछापुच्छ्रे बैंकबाट खरीद गर्न सकिने

Citizen Life Insurance Co

काठमाडौं: प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत माछापुच्छ्रे बैंकका ग्राहकहरुले प्रभु इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी कम्पनीले दिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार