IME Life

च्याउ बीमा बारे अनभिज्ञ छन् कृषकहरु

SPIL
NIC ASIA


काठमाडौं: च्याउ खेती गर्दै आएका अधिकांश कृषकहरु च्याउ बीमाको बारेमा अनभिज्ञ रहेका छन् । सिमित कृषकहरुले मात्रै च्याउ खेती गर्ने र उनीहरुलाई नै बीमा बारेमा जानकारी नभएको कृषकहरुले नै बताएका हुन् । बुधबार काठमाडौमा आयोजित “नेपालमा च्याउखेतीको बीमा, चुनौती र अवसर विषयक अन्तरक्रियात्मक” भन्ने कार्यक्रममा कृषकहरुले बीमाको बारेमा जानकारी नभएको बताएका हुन् ।

मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टरको आयोजनामा सम्पन्न उक्त अन्तक्रिया कार्यक्रममा बोल्दै च्याउ खेती गर्दे आएका कृष्ण बहादुर बोगटीले अधिकांश कृषकहरुलाई बिमा बारेमा जानकारी नभएको बताए । जानकारी भएका र बीमा गरेको कृषकहरुले पनि झन्झटीलो दाबी प्रक्रियाका कारण बीमा प्रति निरुत्साहीत भएको बताए । उनले आफुले खेतीमा क्षति हुँदा दाबी गरेको लामो समय भै सक्दा पनि कम्पनीबाट दाबी भुक्तानी पाउँन नसकेको गुनासो गरे । साथै च्याउ बीमाको अवधि कम भएको कृषकहरुले गुनासो गरेका छन् ।

Prabhu
Crest

बीमा दाबी गरेको लामो समय वित्तिसक्दा पनि कम्पनीहरुले दाबी भुक्तानीमा प्रति चासो नदेखाएको अर्को कृषक बलराम श्रेष्ठले पनि आरोप लगाए । “मेरो खेती क्षति भएर मैले कम्पनीमा दाबी गरेको धेरै भयो । अहिलेसम्म दाबी पाएको छैन,” उनले भने ।

कार्यक्रममा बोल्दै बीमा समितिका उप निर्देशक कुन्दन सापकोटाले दाबी भुक्तानी समस्या भोगी रहेका कृषकहरुलाई समितिमा आई उजुरी गर्न सल्लाह दिए । “केही समस्या भए समितिमा आउँनुहोस । हामी तपाईहरुलाई सहयोग गर्छौ,” उनले भने । साथै उनले बीमा फाईदा नभई सुरक्षाको रुपमा लिन समेत आग्रह गरे ।

कार्यक्रममा ५ जना च्याउ उधमीकर्तालाई सम्मान गरीएको थियो । सम्मानित हुने च्याउ उधमीकतामा कृष्ण दास कुलक, हरि धिताल ,बिदुर राना मगर, दयाराम मचासिंह र तुलसी श्रेष्ठ रहेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS