IME Life

नयाँ विधेयक प्रति किन असन्तुष्टी जनाउदै छन् त, अभिकर्ता र सर्भेयर ?

SPIL
Sanima Reliance

केही दिन अगाडी बीमा विधेयकको विषयलाई लिएर बीमा अभिकर्ता र बीमा सर्भेयरहरुको माग कतै नयाँ विधेयकमा आफूहरुको माग सम्बोधन नगरीएको हो की भन्ने विषयमा छलफल गरी विधेयक संसोधन गर्न माग गरीएको थियो ।

हालका दिनमा उक्त विषयलाई लिएर व्यापक बहस पनि भईरहेको छ । अभिकर्ताको हकमा नयाँ विधेयकमा ल्याउन लागिएको विषय प्रती अभिकर्ताहरु रुष्ट देखीन्थ्यो किनभने अर्थमन्त्रालयले बीमा विद्येयक संसदमा प्रस्तुत गरे पश्चात विद्येयकमा एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने व्यवस्था गरिएको छ । हाल एउटा अभिकर्ताले सबै कम्पनीमा काम गर्न पाउँने व्यवस्था छ । तर, नयाँ बिद्येयकमा भने एउटा कम्पनीले एउटा कम्पनीमा मात्र काम गर्न पाउँने व्यवस्था गरेको छ । यद्यपी एउटा अभिकर्ताले एउटा जीवन र अर्को निर्जीवन बीमा कम्पनीको अभिकर्ता भएर भने काम गर्न पाउँने व्यवस्था छ ।

Crest
Meta Holidays

 नन्दप्रसाद तिवारी
अध्यक्ष- पेशागत अभिकर्ता संघ नेपाल
संसदमा जुन किसिमको विधेयक प्रस्तुत भएको छ, त्यसमा गरिएका व्यवस्थाले हामीलाई अप्ठ्यारोमा पारेको छ । विद्येयकमा एउटा अभिकर्ताले एउटा बीमा कम्पनीमा मात्र काम गर्न पाउँने भन्ने छ, जुन गलत छ । हामीले जुनसुकै कम्पनीमा पनी काम गर्न पाउनु पर्दछ । एउटा विमामा मात्र रहेर काम गर्न व्यवस्थाले हामीलाई मात्र हैन कम्पनी र बिमीतलाई समेत अप्ठ्यारो पर्ने हुन्छ ।

अभिकर्ता बीमा कम्पनीको मेरुदण्ड हो । अभिकर्ताको पेशामा लागेर बर्षौ गुजार्ने पनि कति अभिकर्ता छन् । तर, कहिल्यै पनि अभिकर्ता कम्पनीको संचालक बन्न सक्दैन । अर्थात् अभिकर्तासँग बीमा सम्बन्धी जति अनुभव भए पनि नीति निर्माणको तहमा अभिकर्तालाई कहिल्यै राखिदैन । यो भनेको अभिकर्ता प्रतिको विभेद हो ।

अभिकर्तालाई मर्यादित बनाउनु अघि राज्यले नै यस पेशालाई मर्यादित बनाउनुपर्छ । किनभने अभिकर्ता भनेको बीमा क्षेत्रको लागि एक मेरुदण्ड पनी हो । उसले बीमितलाई पनी कम्पनीको पोलिसीको बारेमा जानकारी दिन्छ । यसलाई जुन किसिमको दृष्टिकोणले हेरेको छ । त्यसलाई पक्कै पनी परिर्वतन गर्न जरुरी छ । जसरी डाक्टर, इन्जिनियर, नर्स आदिकोे पेशा हुन्छ । यसलाई पनी त्यही रुपमा मान्यता दिनुपर्छ । त्यती मात्र नभएर अभिकर्ताले सरकारलाई १५ प्रतिशत कर पनि तिरेको हुन्छ । त्यसैले अब, यस पेशालाई मर्यादित बनाउन राज्य स्तरबाट नै यस पेशा प्रति हेर्ने दृष्टिकोणलाई सकरात्मक बनाउनु पर्छ ।

यसै गरी सर्भेयरको हकमा भने सर्भेयरहरुको जरिवाना घटाउन प्रस्ताव गरिएको छ । विद्येयकमा बीमा सेवा प्रदायक संस्थाले तोकिएको समयमा आवश्यक जानकारी वा कागजपत्र नबुझाएमा जरिवानाको व्यवस्था गरिएको छ ।
एउटा सर्भेयरले सबै खालको सर्भे गर्न पाउँने माग नयाँ विद्येयकमा एउटा सर्भेयरले एउटै खालको बीमा सर्भे गर्ने व्यवस्था गरिएको छ । तर, सर्भेयरले भने एउटा मात्रै बीमाको सर्भेयर गर्दा जीवीकोपार्जनमा कठिन हुने र नेपालमा जनशक्तिको अभावको कारण बीमा क्षेत्रमा असहज परिस्थिति उत्पन्न हुने तर्क राख्दै आएका छन् ।

प्रविन सुवेदी
अध्यक्ष-एमआई सर्भेयर  ग्रुप
नयाँ बीमा विधेयकमा सर्भेयरको विषयमा धेरै नयाँ व्यवस्था गरिएको छ । यस बिषयमा तपाईको धारणा के छ ?
बीमा विद्येयकमा सर्भेयरको बिषयमा गरिएको व्यवस्था राम्रो छ । खासै सर्भेयरहरु निराश भै हाल्नु पर्ने अवस्था छैन । तर, नेपालमा सर्भेयरलाई अझै जिम्मेवार बनाईनुपर्छ । सरकारले बनाउने नीति नियम पनि सर्भेयरलाई जिम्मेवार बनाउने खालको आउनु पर्यो । सर्भेयरलाई बढी व्यवसायिक बनाउने हो भने संस्थागत रुपमा सर्भेयरले काम गर्ने वातावरण तयार गर्नुपर्छ । कुनै पनि सर्भेयरले एक प्रकारको मात्रै बीमाको सर्भे गर्नु पर्यो भने उसमा त्यस बिषयको दख्खल बढ्दै जान्छ । अर्को कुरा एउटा सर्भेयरलाई सबै बिषयमा ज्ञान पनि हुँदैन । उसले जुन बिषयमा योग्यता हासिल गरेको छ । त्यही बिषयमा मात्र ज्ञान हुन्छ । त्यसैले सर्भेयरलाई त्यहि बिषयको मात्रै बीमा गर्ने प्रावधान गराउनु एकदमै ठिक छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x