SKIP THIS

Sun Securities
IME Life

माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं: माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

Crest
Meta Holidays

सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण कार्य रियान्डा बिजसर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा) ले गर्नेछ । सम्झौताको कार्यान्वयन पश्चात् नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लामा बैंकले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

बैंकले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धी तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्री वितरण कार्य गरिने जनाएको छ ।

बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २५ शाखारहित बैंकिङ्ग सेवा समेत गरी १ सय १३ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x