IME Life

नीतिगत व्यवस्था नहुँदै बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

पछिल्लो समयमा प्रत्येक दिन बीमा कम्पनी र वित्तिय संस्था बिच बैंकास्योरेन्स सम्झौता भएको समाचार पढ्न पाईन्छ । तर, बीमा कम्पनी र वित्तिय संस्था बिच हुने बैंकास्योरेन्स सम्झौताको बिषयमा समितिले नीतिगत कुनै व्यवस्था भने गरेको छैन । नीतिगत रुपमा व्यवस्था नगरिएसम्म बैंकास्योरेन्स सम्झौता गरिनु जोखिमपूर्ण हुने विज्ञहरु बताउँछन् ।


संस्थागत अभिकर्ताको सम्झौता गरी बैंकास्योरेन्सको झ्याली पिट्दै कम्पनीहरु
कम्पनीहरुले बैंकास्योरेन्स गरेको प्रचार प्रसार गरे पनि त्यो संस्थागत अभिकर्ता मात्र नभएको बीमा कम्पनीका प्रमुख कार्यकारीहरु नै बताउँछन् । व्यवसायिक रणनीतिका लागी बैंकास्योरेन्स शब्दको प्रयोग गरिएकोे उनीहरु बताउँछन् । बैंकास्योरेन्स भन्दा बजारमा राम्रो प्रभाव रहने भएकाले बैंकास्योरेन्स भनिएको उनीहरुको दाबी छ ।

Prabhu
Crest

बीमा समिति मौन
नीतिगत रुपमा नै व्यवस्था नभएको बैंकास्योरेन्सको बिषयमा कम्पनीहरुले झ्याली पिट्दै गरेपनि नियमनकारी निकाय समिति भने मौन छ । ऐनमा बैंकास्योरेन्सलाई बर्जित नगरेकै कारण यसलाई गैरकानुनी भनिहाल्न नमिल्ने समितिको तर्क छ । तर, बैंकास्योरेन्स निर्देशिका छिट्टै जारी गर्ने समितिको योजना छ । त्यस्तै संसदमा प्रस्तुत भएको नयाँ बीमा विद्येयकमा बैंकहरुलाई बीमा जारी गर्न पाउँने अधिकार दिइने व्यवस्था गरिएको छ । समितिले विस्तारै अभिकर्तालाई बाईकट गर्दै यस्तो खालको व्यवस्था गर्ने तयारी गरेको हो ।

अभिकर्ता आन्दोलित
समितिले अभिकर्तालाई बाईकट गरी बैंकास्योरेन्स नीति ल्याउने तयारी गरेको छ । विद्येयकमा गरिएको बैंकलाई बीमा जारी गर्न पाउँने व्यवस्था प्रति अभिकर्ताहरु आन्दोलित भएका छन् । समितिले गरेको यस्तो व्यवस्थाले हालको अभिकर्ताहरु विस्तापित हुने उनीहरुको दाबी छ । त्यति मात्रै नभएर निक्षेपकर्ताको निक्षेप पनि सुरक्षित नुहने उनीहरुले बताए । बैंकले प्रत्येक निक्षेपकर्ताको बचत हेरी बीमालेख जारी गर्ने भएकाले पनि गोपनियता नरहने अभिकर्ताहरु बताउँछन् ।

ऐनमा के छ ?
बीमा ऐन ४९ ले बीमा कम्पनीको योजना बिक्री वितरणका लागी बीमा अभिकर्ताको व्यवस्था गरेको छ । योग्यता पुगेको व्यक्ति वा कुनै पनि संस्थाले बीमा अभिकर्ताको लाईसेन्स लिन सक्ने बीमा नियमावलीमा व्यवस्था गरिएको छ । एसएलसी उर्तिण गरी समिति वा समितिले अधिकार प्राप्त गरेको कम्पनीबाट अभिकर्ताको तालिम लिएको व्यक्तिले लाईसेन्सका लागी समितिमा निवेदन दिन सक्नेछ । त्यसैगरी संस्थागत अभिकर्ताको हकमा भने संस्थाको एकजना सञ्चालकले कम्तिमा एसएलसी उर्तिण गरी त्यस्तो तालिममा सहभागी भएको हुनुपर्नेछ ।

के हो बैंकास्योरेन्स ?
बीमा कम्पनी र बैंक बिचको सहकार्य नै बैंकास्योरेन्स हो । बैंकले बीमा कम्पनीसँग सम्झौता गरी सम्बन्धित कम्पनीको योजनाहरु बिक्री वितरण गर्ने प्रक्रिया नै बैंकास्योरेन्स हो । बैंकास्योरेन्स गर्दा बैंक आफैले नै आफना निक्षेपकर्ता वा ऋणीलाई बीमा कम्पनीको योजना जारी गर्न पाउँछन् । यसको लागी बैंकमा बीमा गर्ने छुट्टै विभाग हुन्छ । बीमा गर्दा बैंक आफैले अण्डरराईटिङ्ग पनि गर्छ ।

बैंकले बीमितको खाताबाट बीमाशुल्क काटेर बीमा कम्पनीको खातामा राखी दिन्छ । त्यसैले दाबी पर्दा पनि बैंकले नै भुक्तानी गर्छ । तर, कति रकमसम्मको योजना बैंक आफैले नै जारी गर्न पाउने र कतिसम्मको भुक्तानी बैंकले नै गरिदिने भन्ने बिषयमा बैंक तथा कम्पनी बिच भएको सम्झौता अनुसार हुन्छ । कम्पनीको काम गरि दिए बापत बैंकले निश्चित कमिशन लिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS