स्मार्ट पार्किङ निर्माणको लागि आगामी सोमबार बोलपत्र आह्वान हुदै

काठमाडौँ: आगामी सोमबार स्मार्ट पार्किङको लागि काठमाडौं महानगरले बोलपत्र आब्हन गर्ने भएको छ । महानगरले स्वदेशी र विदेशी दुबै कम्पनीहरुलाई काम गर्न पाउने गरी बोलपत्र आब्हान गर्न लागेको हो ।

महानगरले पार्किङ निर्माणको लागि धर्मपथमा २ रोपनी जग्गा तयार गरिसकेको छ । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । ई पार्किङमा केहि समयमै सजिलै सवारी पार्किङ गर्न सकिनेछ । पुराना पार्किङ भन्दा ई पार्किङ आर्थिक रुपले सस्तो पर्न जाने महानगरले विस्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार