निर्जिबन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अबसर

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले  विभिन्न पदका लागि कर्मचारि माग गरेको छ । कम्पनीले   काठमाडौँ लगायत  बाहिरका जिल्लाहरुका लागि विभिनन पदका लागि कर्मचारीको काग गरेको हो । काटमाडौँका लागि मार्केटिंग म्यानेजर माग गरेको छ । यसैगरि कम्तिमा ३ वर्षको मार्केटिंग अधिकारीको रुपमा काम गरेको अनुभव भएका उम्मेदावरले यस पदका लागि दर्खास्त दिन सक्नेछन् ।

यसै गरि कम्पनीले   काठमाडौँ, नारायणघाट, बुटवल,जनकपुर, नेपालगञ्ज, धादिङ, विरगञ्ज, धनगढी, बझाङ, सुनवाल, सिमरा,टाडी  र रोल्पाका लागि मार्केटिंग अधिकारी माग गरेको छ । कम्तिमा मार्केटिंक क्षेत्रमा २ वर्षको कार्य अनुभव प्राप्त व्यक्तिले आवेदन दिन पाउने छन् ।

कम्पनीले  काठमाडौँ, नारायणघाट, बुटवल,जनकपुर, नेपालगञ्ज, धादिङ, विरगञ्ज, धनगढी, बझाङ, सुनवाल, सिमरा, टाडी र रोल्पाका लागि मार्केटिंग सहायक माग गरेको हो ।

काठमाडौँ, नारायणघाट, बुटवल,जनकपुर, नेपालगञ्ज, धादिङ, विरगञ्ज, बझाङ, सुनवाल, सिमरा,टाडी का लागि अन्डरराईटिङ सहायक पदका लागि कर्मचारि माग गरेको हो । यसैगरि कम्पनीले  काठमाडौँका लागि आईटि सहायक पदका लागि कर्मचारी माग गरेको छ ।
शैक्षिक योग्यता भने सबै पदका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह उत्तिर्ण गरेको हुनु पर्ने छ । योग्यता पुगेका र इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले १५ दिन भित्र यस कम्पनीले  ठेगानामा सम्पर्क राख्नु पर्नेछ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार