IME Life

बुधवार नेप्से १.४७ अंकले घटेर ११८२ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको चौथो दिन बुधवार १ दशमलव ४७ अङ्कले घटेर ११८२ दशमलव ४२ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ९२ लाख पुगेको छ ।

सबै भन्दा धेरै जीवन बीमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । जीवन बिमा क्षेत्रको परिसूचक सबै भन्दा धेरै १ प्रतिशतले घटेको छ । सबै भन्दा धेरै हाईड्रोपावर क्षेत्रमा वृद्धि भएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचक ० दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । हाईड्रोपावर क्षेत्रका साथै फाईनान्स र उत्पादनमुलक क्षेत्रको परिसुचकमा पनि वृद्धि देखिएको छ ।
सबै भन्दा धेरै स्वालम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर १ करोड ४६ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरै गोखार्ज फाईनान्स लिमिटेडको सेयरमा ३ दशमलव ८१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै वल्र्ड मर्चेन्टको शेयर ३ दशमलव ९२ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १३ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय ९४ को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बिमा कम्पनीको उपसूचक १ प्रतिशतले घटेर ५ हजार ६ सय ४ को बिन्दुमा बन्द भएको छ ।
निर्जीवन बीमा कम्पनीहरूको १ करोड ९९ लाख बराबरको कारोबार भएको छ, भने जीवन बीमा कम्पनीहरूको १ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमा दुवैको उपसुचकमा गिरावट आएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x