SKIP THIS

Sun Securities
IME Life

लघु बीमामा समेटिए २५ प्रतिशत जनजाती

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौ । निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको लघुबीमामा २५ प्रतिशत जनजाती समेटिएका छन् । कम्पनीहरुले गत आर्थिक बर्ष २०७४/७५ मा कम्पनीहरुले जारी गरेको कुल लघुबीमामा सबैभन्दा बढी जनजातीको सहभागीता देखिएको हो ।

तथ्यांक अनुसार कुल बीमितमध्ये १ हजार ३४७ जनजाती रहेका छन् । त्यसैगरी ८७९ जना दलित छन् । दलितको लघुबीमामा सहभागी हुनेमा दोस्रोमा परेका छन् । त्यस्तै क्षेत्री समुदायको संख्या ८०७ छ । ४४७ ब्राम्हण भने भने ४५० मधेशी छन् । साथै ३८६ तमांगको संख्या रहेको छ भने २४४ मगर रहेका छन् ।

Crest
Meta Holidays

तथ्यांक अनुसार थकालीको संख्या धेरै कम देखिएको छ । गत आर्थिक वर्षमा ८ जना थकालीले मात्रै लघुबीमा योजना खरिद गरेका छन् । थकालीको संख्या कम भएकै कारण पनि लघुबीमा सहभागी हुनेको संख्या पनि कम देखिएको हो । राई ३२ जना छन् भने लिम्बु ५२ जनामा लघुबीमा सहभागी भएका छन् ।

६६ करोड लघुबीमा
गत आर्थिक वर्षमा कम्पनीहरुले ६६ करोड १८ लाख रुपैयाँ बराबरको लघुबीमा गरेका छन् । उक्त बीमा बापत कम्पनीहरुले २७ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ५ हजार २६२ बीमालेख जारी गरेका छन् । न्यून आय भएका व्यक्तिलाई लक्षित गरी बीमा समितिले लघुबीमा योजना संचालन ल्याएको हो ।

आर्थिक वर्ष २०७२/७३ को बजेट भाषण मार्फत सरकारले कम्पनीहरुलाई आफनो कुल व्यवसायको कुल ५ प्रतिशत लघुबीमा जारी गर्न निर्देशन दिएको थियो । तर, लघुबीमा जारी गर्दा सञ्चालन खर्च अधिक हुने भएपछि कम्पनीहरुले लघुबीमा पुल खडा गरी बिमा जारी गर्दै आएका छन्, गत आवको साउनमा पुल स्थापना गरिएको हो ।

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण मार्फत भने सरकारले आगामी दुई बर्ष भित्र कम्पनीहरुले आफनो कुल व्यवसायको १० प्रतिशत लघुबीमा जारी गर्न दिएको छ । त्यस्तै, अर्थमन्त्रालयले संसदमा प्रस्ताव गरेका बीमा बिद्येयकमा पनि लघुबीमा जारी गर्न लघुबीमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x