IME Life

कृषि जोखिमको लागि बीमा र कृषि अनुदान भईरहदा पनि किसान किन अनविज्ञ ?

SPIL
NIC ASIA

आर्थिक वर्ष २०७४/७५ को जेठ महिनासम्मको तथ्याङक हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा प्रत्येक वर्ष केही कृषि बीमामा वृद्धि देखीएतापनी यसमा स्पष्ट रूपमा भन्ने हो भने जति कृषकको पहुँचमा पुग्नु पर्ने हो , त्यस्तो आशाजनक रूपमा भने खासै परिवर्तन भएको पाइएको छैन ।

यसै बिच काठमाडौँको छिमेकी जिल्ला भक्तपुर वरिपरिको स्थितिलाई मध्यनजर गरेर इन्स्योेरेन्सखबरकर्मी सूर्य विनायक नगरपालिका गाम्चामा यसको बारेमा बुझनको लागि हामी कृषि फर्ममा पुगेका थियौ , र त्यहाँको स्थितिलाई मध्यनजर गर्दा हामी निकै अच्चमीत पर्यौ ।

Prabhu
Crest

किनभने अधिकांश कृषकहरूलाई कृषि बीमा र त्यसको बारेमा अझै पनि जानकारी पाएको रहेनछ । यो कुरा भने कतिपय कृषकले नौलो विषयको रूपमा लिएको पनि पाइयो । तर जानकारी भएको व्यक्तिले पनि यो अलिकति झनझटीले पनि हो की भन्ने गुनासो पोखेको पायौ ।

उपत्यका वरिपरिको स्थित त कृषि बीमा सम्बन्धी अझै पनि राम्रो सँग ज्ञान रहेको छैन भने अन्य प्रदेशमा यसको स्थिति बारे कस्तो छ त भन्ने बारे यसबाट बुझ न सक्छौ ।कृषि बीमाको सुरुवातका दिनमा जस्तो किसिमको स्थिति रहेको थियो।हालकोदिनसम्ममाआइपुग्दा केहि मात्रामा मात्र   वृद्धि आएको पाइन्छ ।

भक्तपुर स्थिति सुर्यविनायक नगरपालिका गाम्चा विभिन्न फार्ममा पुगेर बीमा को बारेमा जानकार छ वा छैन भन्ने विषयमा गरिएको छोटो कुराकानी:
त्रिपाल ए फर्म
बाटै बाट देखिने गरी टनलेको छेउमै नाम राखिएको थियो त्रिपाल ए फर्म त्यही टनेल भित्र आफूले लगाएको वालीमा रम्दै थिइन मिना खड्का त्यस फार्मकी सञ्चालक, भक्तपुर जिल्लाकोसुर्यविनायक नगरपालिका गाम्चा चोक बाट केही पूर्व पट्टि उनको कृषि फर्म रहेको छ । विगत २५ वर्ष देखि कृषि पेसा अपनाउँदै आएकी मिना खड्का लाई कृषि बीमा का बारेमा केही ज्ञान भएता पनि थोरै जग्गामा बाली लगाईएकोे कारण गर्दाबीमा  गर्न नसकेको बताइन् । करिब ४/५ रोपनीमा उनले सलादको खेती गरेकी छिन् । मासिक १५ देखि २० हजार कमाई हुने उनले बताइन । यसरी कमाई भएको आम्दानीले घर खर्च चलाउन सहयोग गरेको उनले बताइन । ४ जना सदस्य रहेका उनका परिवारको अन्य सदस्यले पनि आफूलाई साथ दिएको बताइन । आफ्नै अनुदानमा व्यवसाय थालेकी खड्काको बीमा प्रति सकारात्मक धारणा रहेको छ ।

आफूले उत्पादन गरेको तरकारीको बजार राम्रो नभएकाले समस्या परेको उनले बताइन । आफ्नै ठाउँमा बजारको राम्रो व्यवस्था भएमा हामी किसानहरूलाई केही राहत पुग्ने थियो उनले बताइन । लामो समय देखि यही पेसा गर्दा कस्तो लाग्छ भनेर प्रश्न गर्दा पढाई छैन, फेरि पहिले देखि नै खेती गरियो खुसी लाग्छ आज पनि यही पेसाले मलाई घर चलाउन साथै बचत गर्न पनि सहयोग गरेको छ, त्यसैले म यसमै रमाउने गर्छु भन्ने उनको जवाफ रहेको थियो ।

पौडेल फर्म
यसै गरी यही प्रश्न अरू कृषकहरूलाई सोध्ने उद्देश्यले केही अरू फर्महरू तर्फ अघि बढ्यौ । यसै समयमा एक जना दाइ लटरम्मै पाकेका रातै  टमाटर धमाधम टिप्दै थिए । दाइ यो हजुरको फर्म हो भनेर प्रश्न गर्न नपाउँदै उनले भने दिदीको हो मैले यसो सघाएको भने । एकै छिनमा तुलसी पौडेल आई पुगिन, जो फर्म कि धनी थिइन ।

बीमाका बारे अनविज्ञ रहेकी पौडेल हाम्रो प्रश्न सुन्दा अकमकिईन । आफ्नै लागतमा साढे ३ रोपनीमा १ वर्ष देखि व्यवसाय सुरु गरेको उनको भनाई रहेको छ । ओखलढुङगा घर भएकी पौडेलले यहाँ जग्गा भाडामा लिएर खेती गरेकी हुन् । जग्गाको भाडा वर्षमा ४० हजार छ आम्दानी पनि राम्रै रहेको छ , दैनिक गुजारा गर्नका लागि समस्या नरहेको उनले बताइन । बोडी, सिमी, टमाटर,बन्दा, काउली,तितेकरेला, लौका र घिरौला जस्ता तरकारीका किसिमहरु उनको फर्ममा टन्नै देखिन थे । बीमा बारे केहि कसैले पनि थाहा नदिएको उनको भनाई रहेको छ ।

आ.व.२०७४/७५ को तथ्याङक अनुसार कृषि तथा पशु बीमा बाट ४१ करोड २० लाख रुपैयाँ बीमा शुल्क आम्दानी भएको छ । बिमा समितिको तथ्याङ्क अनुसार गत आमको जेठ महिनासम्ममा निर्जीवन बिमा कम्पनीहरूले उक्त बीमा शुल्क आम्दानी गरेका हुन् ।

जसमध्ये उक्त अवधिमा अन्न बाली बीमा अन्र्तगत ६४ लाख रुपैयाँ बीमाशुल्क आम्दानी भएको छ । त्यसै गरी तरकारी बिमाबाट ३१ लाख, फलफुल बीमाबाट १ करोड, माछाबाट १ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको समितिको तथ्याङ्कमा उल्लेख छ । साथै पशुबाट ३२ करोड २६ लाख र पन्छीबाट ५ करोड ६० लाख रुपैयाँ बराबरको बीमा शुल्क सङ्कलन भएको समितिले जानकारी दिएको छ ।

पछिल्लो पटक बीमा सम्मिलित कृषि बीमा को विषयमा जनचेतना जगाउने कार्यलाई तीव्रता दिएको समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए । तर, कृषि बीमा प्राविधिक भएकाले कृषकहरूले झन्झटिलो मान्ने गरेको उनले बताए । कृषि बीमालाई विस्तार गर्न स्थानीय सरकारले पनि पहल गर्नुपर्ने उनले बताए ।

कृषि बीमा गर्दा सरकारले प्रदान गर्न अनुदान रकम ३० करोड ९० लाख रुपैयाँ रहेको छ । सरकारले यस अवधिमा अन्न बाली बीमाका लागि ४८ लाख, तरकारी बीमाका लागि २३ लाख, फलफुल बीमाका लागि ७५ लाख, माछा बीमाका लागि १ करोड ४ लाख रुपैयाँ अनुदान दिएको छ ।

यस्तै पशु बीमाका लागि २४ करोड १९ लाख रुपैयाँ र पन्छी बीमाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको छ । आम २०७३/७४ को सोही अवधिमा भने कृषि बीमा बापत कम्पनीहरूले ४२ करोड ६३ लाख रुपैयाँ आर्जन गरेका थिए ।

प्रस्तुती: रिना खत्री/विजया बास्कोटा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS