IME Life

बीमा बिधेयक संसोधन गर्न माग, बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने चेतावनी

SPIL
Sanima Reliance

काठमाडौ: पेशागत बीमा अभिकर्ता संघ नेपालले संघिय संसदमा पेश गरिएको वीमा बिधेयक २०७५ संसोधन गर्न माग गरेको छ । आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरि संघले बीमा ऐन २०४९ लाई बिस्थापित गरी वीमा क्षेत्र, बीमा ब्यावसाय र बीमा प्रणालीलाई व्यवस्थित गर्न सरकारले बनाएको नयाँ ऐनको लागि तयार गरिएको वीमा बिधेयक संसोधन गर्न माग गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष नन्द प्रसाद तिवारीले सबै सरोकारवालाहरुसँग रायसुझाव, छलफल र सहमतीबीना नै एकलौटि रुपमा ल्याईएकोले यसले सिंगो राष्ट्रको हित वीमा क्षेत्रको विकास र बिस्तार हुन नसक्ने बताए ।

Crest
Meta Holidays

सरोकारवालाहरुसँग सुझाव नलिनु, नियमनकारी निकाय वीमा समितिलाई प्राधिकरण बनाई अधिकार सम्पन्न बनाउने भनि पुरानो अधिकार समेत कटौति गर्नु, विमितको हित तथा प्रतिफलको ग्यारेन्टि नगरिनु, स्वदेशी बीमा कम्पनिहरुलाई प्रोत्साहन र जगेर्ना गर्नुको साटो बिदेशी कम्पनिहरुलाई शाखा खोल्न प्राथमिकता दिनु लगायतका बिषयले सरोकारवाला पक्षको ध्यानाकर्षण भएको बताए ।

यस्तै बीमा ब्यावसायमा ९९ प्रतिशत योगदान पुर्याउदै आएका अभिकर्ताहरुलाई प्रोत्साहन गर्नुको साटो २६ बर्ष भन्दा पुरानो ऐनमा ब्यवस्था भएको भन्दा पनि कम कम सुबिधा दिई पेशाबाट नै पलायन गराउने र विश्वबाट असफल भईसकेको बैंकासुरेन्स लागु गराउने व्यवस्था बिधेयकमा रहनु नयाँ सामन्तहरुको जन्म गराई अभिकर्ताहरुको चरम शोषण गर्ने प्रवृत्ती भएको पनि उनले बताए ।

विगतको आठ महिने आन्दोलनपछि भएको ९ बुदे सहमती र सर्वोच्च अदालतको फैसलालाई समेत लत्याउदै सरकारले नयाँ वीमा वीधेयक ल्याईएको संघले जनाएको छ । संघले उक्त विधेयकको केहि दफा र उपदफामा असहमती रहेको जनाउदै संसोधन गर्न माग गरेको हो ।

बीमा समितिसँग भएको सहमती र सर्वोच्च अदालतबाट भएको फैसला अनुसार उक्त बीधेयकमा आफुहरुका समेत सुझावलाई समेट्न पनि संघले माग गरेको छ । आफुहरुका माग सम्बोधन नभए कडा संघर्षमा उत्रने समेत संघले चेतावनी दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x