IME Life

बीमा कम्पनीका कर्मचारीलाई टार्गेटको टेन्सन

SPIL
NIC ASIA

नयाँ जीवन बीमा कम्पनीहरुले लिएको महत्वकांक्षी लक्ष्यले कर्मचारीको टाउँको दुखाई भएको छ । पुराना कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न कम्पनीहरुले दिएको व्यवसायिक लक्ष्यले पुरा गर्न नसक्दा कर्मचारीहरु तनाबमा परेका हुन् । जसका कारण कर्मचारीहरु जागिरै छाड्ने अवस्थामा पुगेका छन् ।

नेपालको बीमा बजारमा भर्खरै नौ वटा जीवन बीमा कम्पनी प्रवेश गरेका छन् । नेपालमा बीमाको पुहँच बढाउने लक्ष्य सहित स्थापित कम्पनीहरुले व्यवसाय बढाउँनैका लागि कर्मचारीलाई ठूलो व्यवसाय लक्ष्य पनि दिएका छन् । तर, तोकिएको समयमा व्यवसाय पुरा गर्न नसक्दा कर्मचारीहरु भने तनाब परेको नयाँ कम्पनीका एक कर्मचारीले बताए । ‘बजारमा यति धेरै प्रस्तिपर्धा छ । बोलेकै आधारमा विमा हुन सक्दैन । व्यवसायिक अभिकर्ताको पनि अभाव छ । यस्तो अवस्थामा कम्पनीले दिएको लक्ष्य पुरा गर्न कठिन छ,’ उनले भने ।

Prabhu
Crest

नियुक्त भएको केही समय नवित्दै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत राकेश प्राख्रेलले राजीनामा दिए । नायव कार्यकारीको रुपमा नियुक्त गरिएका प्रोख्रेललाई कम्पनीले सबै जिम्मेवारी दिएको थियो । तर, उनले छ महिना पनि पुरा नहुँदै जागीर छाडेका हुन् ।

कम्पनीका सञ्चालकसँग तारताम्यता मिल्न नसक्दा उनले जागीर छाडेको स्रोतले बताएको छ ।स्रोतका अनुसार सञ्चालकले तय गरेको व्यवसायिक योजनामा सहमत हुन नसक्दा उनले जागिर छाडेका हुन् । लामो समय देखि बीमा क्षेत्रमा कार्यरत प्रोख्रेलले चाटर्ड एकाउन्टेण्टको अध्ययन पुरा गरेका थिए ।

सामान्यतया काठमाडौमा बाहिरका शाखा प्रमुखलाई कम्तिमा बार्षिक ५ देखि २० करोडसम्मको व्यवसायिक लक्ष्य दिईएको जानकारहरु बताउँछन् । कर्मचारीका अनुसार व्यवसायिक लक्ष्य पुरा गर्न व्यवस्थापनले लगातार दबाब दिई रहन्छन् । नाफा आर्जन गर्न बसेका कम्पनीले कर्मचारीलाई निश्चित व्यवसायिक लक्ष्य दिए पनि असामान्य लक्ष्य नराखेको कम्पनीका सञ्चालकहरु बताउँछन् ।

धेरै टार्गेट लिनेलाई जागिर
नयाँ कम्पनीहरुले टार्गेट धेरै लिने व्यक्तिलाई छानी छानी जागिर दिने गरेको एक कर्मचारी बताउँछन् । ‘म यति करोडसम्मको व्यवसाय ल्याउँछु भनेको आधारमा नै कम्पनीहरुले जागिर दिने गरेका छन् । कर्मचारीसँग न कुनै योजना न कुनै रणनीति नै,’ उनले भने । कम्पनीलाई जसरी पनि व्यसवाय चाहिएको छ । तर, कसरी ल्याउन सक्छ भन्ने बिषयमा भने कम्पनीहरुले अध्ययन नगरेको उनीहरु बताउँछन् ।

त्यस्तै, कर्मचारीहरुले जािगर पाउँन कै लागी नै जथाभावी व्यवसायिक लक्ष्य लिने गरेका छन् । एउटा सामान्य कर्मचारीको रुपमा काम गरेको व्यक्तिले पनि धेरै व्यवसाय ल्याउने प्रलोभन देखाएर नै ठूलो पदमा नियुक्त हुने गरेका जानकारहरु बताउँछन् ।

क्षमता भन्दा ठूलो जिम्मेवारी
नयाँ कम्पनीहरुले कर्मचारीहरुलाई क्षमता भन्दा बढीको जिम्मेवारी दिएकै कारण कर्मचारीलाई व्यवसाय लक्ष्य प्राप्त गर्न कठिन भएका हो । व्यवसाय ल्याउँछु भन्ने आधारमा सामान्य कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिइन्छ तर, अनुभव र क्षमता नहुँदा लक्ष्य भने पुरा गर्न नसकेको अनुवभीहरु बताउँछन् । त्यति मात्रै हैन, व्यवसाय ल्याउँने लक्ष्यको आधारमा कर्मचारीलाई कम्पनीहरुले राम्रो तबल, सेवा र सुविधा समेत दिने गरेका छन् । आकर्षक सेवा सुविधा दिएका कर्मचारीबाट कम्पनीहरुले व्यवसाय पनि उत्तिकै आकर्षक खोजेका जानकारहरु बताउँछन् ।

टार्गेटले पाईएन प्रमुख कार्यकारी अधिकृत 
कम्पनीहरुको व्यवसाय लक्ष्यले कर्मचारी मात्रै हैन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पनि तनाबमा छन् । सञ्चालकले राखेको महत्वकाक्षी लक्ष्यलाई जो कोही व्यक्तिले आट्न नसकेकै कारण नयाँ कम्पनीहरु प्रमुख कार्यकारी विहिन भएको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार नयाँ कम्पनीका सञ्चालकले प्रमुख कार्यकारीलाई अत्याधिक ठूलो व्यवसायिक लक्ष्य दिन्छन् । जो कोही व्यक्तिले उक्त लक्ष्य हासिल गर्ने हिम्मत नै गर्न सक्दैन । क्षमता भए पनि नेपालमा अहिले नै बीमा सम्बन्धी वातावरण बनी सकेको छैन । त्यसैले सक्षम भए पनि धेरै व्यक्तिले प्रमुख कार्यकारीका लागी रुचि नदेखाएको जानकारहरु बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS