Prabhu Life Ad Final

सन नेपाल लाईफ ईन्स्योरेन्स र एनसिसि बैंक बीच बैंकास्योरेन्स सम्झौता

IME PAY
IME Life

काठमाडौं: सन नेपाल लाईफ ईन्स्योरेन्स र एनसिसि बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र एनसिसि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत एनसिसि बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ ईन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एनसिसि बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

सन नेपाल लाईफले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यकोे आइपिओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS