IME Life

एशियन लाईफ इन्स्योरेन्सको नविनतम जीवन बीमा योजना “जीवन संजीवनी” सार्वजनिक

SPIL
Sanima Reliance

काठमाडौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले मिति २०७५-०५-०२ गते लुम्बिनीको होटल बुद्धमाया गार्डेनमा आयोजित कम्पनीको शाखा प्रबन्धक सम्मेलनको समुद्घाटन कार्यक्रमको अवसरमा नयाँ बीमा योजना सार्वजनिक गरेका थिए  ।

Crest
Meta Holidays

 

 

योजनाका मुख्य विशेषताहरुः
न्यूनत्तम रु. ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने ।
बीमितले बीमा अवधीभर पटक–पटक किस्तामा भुक्तानी पाउने ।
बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने ।
बीमितले बीमाको रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नुपर्दैन ।
बीमा अवधीका आधारमा बीमा शुरु भएको ३ वर्ष देखि नै किस्तामा बीमाङ्कको रकम भुक्तानी पाउने ।
बीमा अवधी भित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ठ भुक्तानी पाउने कम्पनीले जनाएको छ ।

कम्पनीको हाल अधिकृत पूँजी रु. ५ अर्ब र चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख रहेको छ । यसअघि १८ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको यस कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखा मार्फत् देशैभर जीवन बीमा सेवा पुर्याइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x