IME Life

एशियन लाईफको बीमा शूल्क कुल रकम ३२ प्रतिशतले बढेर ३ अर्ब १ करोड पुग्यो

SPIL
Sanima Reliance

काठमाडौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा आर्जन ९ प्रतिशतले बढेको छ । आव २०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले ४ करोड ६० लाख खुद नाफा गरेको छ । आव २०७३/७४ मा ४ करोड २१ लाख खुद नाफा गरेको थियो ।


कम्पनीको जगेडा कोष ३२ प्रतिशतले बढेर २४ करोड ९९ लाख रुपैयाँ पुगेको छ । आव २०७३/७४ मा १८ करोड ९८ लाख खुद नाफा गरेको थियो ।
कम्पनीको जीवन बीमा कोष ३० प्रतीशतले बढेर कम्पनीको जीवन बीमा कोष भने १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । आव २०७३÷७४ मा १० अर्ब ८ करोड जीवन बीमा कोष रहेकोे थियो ।
कम्पनीको बीमा शूल्क कुल रकम ३२ प्रतीशतले बढेर ३ अर्ब १ करोडमा पुगेको छ ,आव २०७३÷७४ को असार मसान्त सम्ममा कम्पनीले २ अर्ब २९ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।
कम्पनीले प्रकाशन गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बीमालेख १ प्रतीशतले बढेर २ लाख १२ हजार बीमालेख कायम रहेको छ । आव २०७३/७४ मा २ लाख अर्ब ९ हजार बराबरको बीमा लेख कायम रहेको थियो ।
त्यस्तै,२०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले कुल दाबी भुक्तानी २५ प्रतीशतले बढेर ९३ करोड ३१ लाख पुगेको छ , भने आव२०७३/७४ मा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।कम्पनीको प्रति शेयर आम्दानी ३ दशमलव ६६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८६ दशमलव ३८ रहेको छ । प्रति शेयर नेटवर्थ ११९ दशमलव ८९ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ११९९ दशमलव २६ रुपैयाँ रहेको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x