IME Life

बीमा कम्पनीका सिईओहरुलाई फाईदै फाईदा

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु पुन; दुई कार्यकालको लागी नियुक्त हुन पाउने भएका छन् । नयाँ बीमा विद्येयकमा गरिएको व्यवस्था कारण प्रमुख कार्यकारीले नयाँ नियुक्ती पाउने भएका हुन् ।

अर्थमन्त्रालयले हालै संसदमा प्रस्तुत गरेको बीमा विद्येयकको दफा ५८ मा कार्यकारी प्रमुखको नियुक्तीको व्यवस्था गरिएको छ । उपदफा १ मा सञ्चालक समितिले ऐनको अन्र्तगत बनेको नियमावली, बीमकको प्रबन्धपत्र र नियमावलीको अधिनमा रही बिमकको कार्य सञ्चालक एवम् व्यवस्थापनको लागि एक कार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, उपदफा २ मा कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार बर्षको हुनेछ र निज अर्को एक कार्यकालको लागि पुन: नियुक्ती हुन सक्नेछ भन्ने व्यवस्था गरेको छ । उपदफा ३ भने उक्त व्यवस्था यस ऐन प्रारम्भ भएपछि मात्रै लागू हुनेछ भन्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

सुशासन बिपरिति ऐन
बीमा समितिले २०६९ साल भदौ १ गते जारी बीमक संस्थागत सुशासन जारी गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोकेको थियो । सुशासन अनुसार कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत अधिकत्तम दुई कार्यकालसम्म नियुक्त हुन पाउँने व्यवस्था गरिएको छ ।

कुनै पनि कम्पनीको नेतृत्वमा एउटै व्यक्ति लामो समयसम्ममा रही रहँदा वित्तिय स्वार्थ बाँझिन सक्छ भन्दै समितिले प्रमुख कार्यकारीको कार्यकाल तोकेको हो । तर, बीमा विद्येयकमा गरिएको नयाँ व्यवस्थाले हाल दुई कार्यकाल खाईरहेका प्रमुख कार्यकारी पुन : नियुक्त हुन पाउने भएका हुन् ।

सिईओहरुलाई फाईदै फाईदा
नयाँ बीमा विद्येयकमा गरीएको नयाँ व्यवस्थाले केही कम्पनीमा प्रमुख कार्यकारी अधिकृतलाई फाईदा हुने भएको छ । यस अघि संस्थागत सुशासन समितिले गरेको गल्तीको कारण फाईदा लिएका सिईओहरुले अझै नियुक्त हुन पाउँने बाटो पाएका छन् ।
समितिले २०६९ साल भदौमा सुशासन जारी गर्दा अधिकांश सिईओहरु कम्पनीमा स्थायी जागिरेको रुपमा कार्यरत थिए । सुशासनले जागिरमा भएकालाई पनि सुशासन लाग्ने वा जागिरमा भएकाहरु करारमा तत्काल जानु पर्ने जस्ता शब्द नराखिदिँदा सुशासन जारी भएको लामो समयसम्म पनि केही सिईओहरु करारमा गएनन् ।

अन्तत् गत बैशाखमा सुसाशान संशोधन गरी समितिले सिईओहरु करारमा आएको अवधि देखि कार्यकाल गणना गरिने भनी लामो समय देखि सिईओ भएकाहरुलाई पुन: सिईओ हुन पाउँने बाटो खोली दियो । यस्ता सिईओहरु पुन नियुक्त हुन पाउने बाटो विद्येयकले खोली दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS