शुक्रबार सिटिजन्स बैंकको एफपीओ बाँडफाँड

सिटिजन्स बैंकले आज शुक्रबार एफपीओ बाडँफाड गरेको छ । ४६ हजार ३७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान एफपीओ बाँडफाँड गरिएको हो ।

आवेदक दिएका मध्येबाट गोलाप्रथाद्धारा ४६ हजार ३८२ जनालाई १० कित्ताको दरले ४ लाख ६२ हजार ८२० कित्ता बाँडफाँड गरिएको छ ।एफपीओमा कुल ६२ हजार ७८२ वटा आवेदनबाट ६१ लाख ५ हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमा ७३ वटा आवेदन रद्ध भएका छन् ।बाँडफाँड गरेर बाँकी रहेको ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाएकालाई एउटै समूहमा राखि न्युनतम १ कित्ताको दरले ६ कित्ता बाँडफाँड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार