सिटिजन्स बैंकको एफपीओ भर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक को एफपीओ भर्ने आज साउन १८ गते अन्तिम दिन हो । सिटिजन्सले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको हो । यो एफपीओमा सी–आस्वाको माध्यमबाट घरमै बसेर अनलाइन आवेदन दिन सकिन्छ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो

बैंकले साउन १५ गते देखि ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री खुला गरेको हो । एफपीओ खुलेको दिन नै माग भन्दा बढी आवेदन परेको थियो ।लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । सिटिजन्सको एफपीओ बिक्रीपछि चुक्ता पूँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार