IME Life

प्रस्तावित: बीमा प्राधिरकणले लेखापरीक्षकलाई पनि कारबाही गर्न सक्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौ: प्रस्तावित बीमा प्राधिकरणले लेखा परिक्षकलाई पनि कारवाहीको दायरामा ल्याउँने भएको छ । संसदमा प्रस्तुत गरिएको बीमा विद्येयकमा दफा ९१ मा गरिएको व्यवस्था अनुसार आफनो कर्तब्य पालना नगर्ने लेखापरिक्षक पनि कारवाहीमा पर्ने भएका छन् ।

प्रस्ताविक विद्येयकको दफा ९१ को उपदफा १ मा ऐन बमोजिम कर्तब्य पालना नगर्ने लेखापरीक्षकलाई प्राधिकरणले कुनै पनि बीमकको एक बर्ष देखि तीन बर्षसम्म लेखापरीक्षण गर्न नपाउँने गरी लेखापरीक्षकको सूचीबाट हटाउन सम्बन्धित नियमनकारी निकायमा सिफारिश गरी पठाउन सक्ने व्यवस्था गरेको छ । उपदफा २ मा सिफारिस भई आएमा सम्बन्धित नियमनकारी निकायले प्रचलित कानून बमोजिम त्यस्तो लेखापरीक्षकलाई कारवाही गर्नुपर्नेछ । विद्यमान ऐनमा भने कारवाहीको व्यवस्था गरिएको छैन ।

Crest

बीमा ऐन अनुसार बीमकले आर्थिक बर्ष समाप्त भएको मितिले तीन महिनाभित्रमा प्रचलित कानून बमोजिम लेखापरीक्षण गराउनुपर्नेछ । लेखापरीक्षण गराउन नसक्ने बीमकले मनासिब कारण खुलाई लेखापरीक्षण गराउने अवधि थपको लागि अनुरोध गरेमा प्राधिकरणले दुई महिनासम्मको अवधि थप गर्न सक्नेछ ।

छ महिना भित्रमा वित्तिय विवरण प्राधिकरणमा बुझाउँनुपर्ने

बीमा कम्पनीहरुले आर्थिक बर्ष समाप्त भएको छ महिना भित्रमा प्राधिकरणमा वित्तिय विवरण बुझाउँनुपर्नेछ । नयाँ विद्येयकमा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले आव सकिएको तीन महिना भित्रमा लेखापरीक्षण गरि सक्नुपर्नेछ । यदि कुनै कम्पनीले मुनासिब कारण देखाएमा दुई महिना थप गर्न सक्नेछ । कम्पनीले लेखा परीक्षण गरी सकेको एक महिना भित्रमा प्राधिकरणमा विवरण बुझाउँनुपर्ने व्यवस्था गरिएको छ । तर, विद्यमान ऐनमा भने कम्पनीले आव सकिएको दश महिना भित्रमा समितिका वित्तिय विवरण बुझाउँन सक्ने व्यवस्था गरेको छ ।

बीमाकीं परिवर्तन गर्नुपर्नेछ

अब देखि बीमा कम्पनीहरुले लगातार तीन बर्ष भन्दा बढी एउटै बिमांकीसँग बिमाकींय मूल्यांकन गराउँन पाउँनेछैन । नयाँ बिद्येयकमा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले तीन बर्ष पछि बिमाकीं परिवर्तन गर्नुपर्नेछ । बीमा कम्पनीहरुले बिमाकींय मूल्यांकन गर्दा प्राधिकरणसँग स्वीकृती लिई नियुक्त गरिएको बिमाकींबाट गराउँनुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS