IME Life

एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने

SPIL
NIC ASIA

 

बीमामा सिण्डीकेट लागू :  अभिकर्ता

अब देखि एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने भएका छन् । अभिकर्ताले जतिवटा कम्पनीको पनि बीमा अभिकर्ता भएर काम गर्न पाउँने हालको व्यवस्थालाई हटाउँदै बीमा विद्येयकमा एउटा मात्रै कम्पनीमा काम गर्न पाउँने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

बीमा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको दफा ९३ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमाकको बीमा अभिकर्ताको ईजाजतपत्र दिईने व्यवस्था गरिएको छ । यदि उक्त विद्येयक सोही बमोजिम पारित भएमा एउटा अभिकर्ताले एउटा जीवन र अर्को निर्जीवन बीमा कम्पनीमा मात्रै काम गर्न पाउँने छन् ।

अभिकर्ताहरुले धेरै कम्पनीमा एकै पटक काम गर्दा कमिशनको लोभमा पोलिसी सरेण्डर गर्न लगाउँने विकृति बढेकाल एउटा अभिकर्ताले एउटै कम्पनीमा मात्रै काम गर्न पाउँने व्यवस्था गर्नु आवश्यक रहेको बीमा समितिको तर्क छ ।

तर, पेशागत अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले भने ऐनमा गरिएको व्यवस्थाले नेपालमा बीमा सिण्डीकेट लागू गर्न खोजिएको बताएका छन् । ‘यसले विमितले धेरै कम्पनीको बारेमा थाहा पाउँने अधिकार हनन हुनेछ । बीमा कम्पनीहरुको मोनोपली बढ्नेछ,’ उनले भने ।

२०६० सालमा अभिकर्ताहरुले धेरै कम्पनीमा काम गर्न पाउँने माग राख्दै सर्वोच्च पुगेको थिए । सर्वोच्चले बीमितको जानकारी पाउँने अधिकार हनन गर्न नहुने भन्दै अभिकर्ताहरुलाई एक भन्दा बढी कम्पनीमा काम गर्न पाउँने फैसला गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS