IME Life

नेशनल माइक्रोफाइनान्सको नाफा सामान्य बृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १८.९३% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड २१ लाख ११ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार हुँदा खुद नाफा पनि बढेको हो । यसले ७४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसको लगानी २० लाख मात्रै छ भने जगेडा कोषमा १ करोड ७१ लाख रुपैयाँ छ ।

खराब कर्जाको अनुपात केही बढ्दा पनि कम्पनीको नाफा प्रभावित भयो । उसको खराब कर्जा ०.९२ प्रतिशत छ । जसले सम्भावित जोखिम व्यवस्थापनमा एक करोड ५२ लाख राखेको छ ।संस्थाको चुक्ता पुँजी १२ करोड ३ लाख छ। जसको प्रति शेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा तथा प्रति शेयर नेटवर्थ २४२.०८ रुपैयाँ रहेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS