IME Life

बजेटलाई शेयर लगानीकर्ता संघको स्वागत: शेयर बजारको भबिष्य उज्जवल रहेको भनाइ

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: शेयर लगानीकर्ता संघले सरकारले आगामी आर्थिक बर्षको बजेटले पुंजी बजारको बिकाशमा सहयागी सिद्धहुने बिश्वाश राख्दै बजेटको स्वागत गरेको छ, साथी संघले अर्थमन्त्रीलाई धन्यवाद दिदै, सफल कार्यान्वयनको आशा राखेको बतएको छ ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै धितोपत्र व्यवसायको भबिष्य उज्जवल रहेको भन्दै निकट भबिष्यमा आउन लागेको अनलाईन कारोबारले पुंजी बजारको विस्तारमा सहयोग पुग्ने बिश्वाश राखेको छ ।

Crest
Meta Holidays

संघले आफ्नो बिज्ञप्तिमा प्राईभेट इक्वीटि फण्ड, हेज फण्ड र भेन्चर फण्ड पूँजीबजारमा प्रवेश गराउने, बिमा कम्पनी र हाइड्रोपावर कम्पनीलाई प्रोत्साहन, भ्याट मुक्त पूँजीबजारको अवधारण, उत्पादन मुलक कम्पनीलाई अनिवार्य पूँजीबजारमा प्रवेश गराउने, ५० करोडको कम्पनीले सर्बसाधारण लाई शेयर जारी गरेमा कर छुटको व्यवस्था, नागरीक लगानी कोष, कर्मचारी संचयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको नियमन गर्ने तथा डिलरसिपको जिम्मेवारी दिने व्यवस्था गरिने जस्ता कुरा अत्यन्त सकारात्मक रहेकोले आगामी आर्थिक बर्षको बजेटले शेयर बजार विस्तारित र विश्वसनिय बन्न योगदान पुग्ने बिश्वाश गरेको छ ।

सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट मार्फत धितोपत्र कारोबारको कमिशसनमा भ्याट नलाग्ने घोषणा गरेको छ भने यसअघि भ्याट लाग्ने भनी निर्धारण गरिएको रकम समेत मिनाह गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x