IME Life

सुर्या लाईफको नाफा ६२ प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ६२ दशमलव ०४ प्रतिशतले बढी हो । गत आवको तेश्रो त्रैमासमा कम्पनीले कम्पनीले ६ करोड ३ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रहेको सुर्या लाईफले जगेडा कोषमा ३५ करोड ३४ लाख रुपैयाँ राखेको छ । त्यस्तै जीवन बिमा कोषमा ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले महाविपत्ति ४ करोड ४७ लाख ३९ हजार राखेको छ ।

Crest
Meta Holidays

समिक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड २ लाख ५५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गतवर्षको सो अवधिमा कम्पनीले ७७ करोड ६२ लाख ६३ हजार रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले ७ सय ३० बीमाखेलको १४ करोड ६ लाख ६९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १८५ बीमालेखको ७८ लाख ४१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँर्क रहेको देखिन्छ ।

सुर्या लाईफको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा, मुल्य आम्दानी अनुपात ८६.५१, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १६ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मुल्य ६६७ रुपैयाँ ४१ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x